उधोग व्यापार संघमा नयां नेतृत्व, अध्यक्षमा विष्णु पाण्डे

बुटवल, पुस ३ गते । उधोग व्यापार संघ बुटवलको पांचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयां नेतृत्व चयन गरेको । साधारण सभा तथा अधिवेशनबाट विष्णु पाण्डे अध्यक्ष रहेको नयां नेतृतव चयन भएको छ ।

संघको अध्यक्षमा विष्णु पाण्डे, वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उधोग उपाध्यक्ष पदमबहादुर जीसी,वाणिज्य उपाध्यक्ष केशव श्रीष,महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी, सचिव कौशलराज भण्डारी, कोषाध्यक्ष नम्रता थापा, सह कोषाध्यक्ष अर्जुन गिरी र निर्वाचित भएको व्यवसायी भरत केसीले जानकारी गराएका छन् ।

त्यस्तै संघको सदस्यहरुमा जुद्दीन मियां, कृष्णप्रसाद भुसाल, बिष्णु मरासिनी, देवेन्द्रबहादुर राना, जनेश पन्थी, दिपिका क्षेत्री, दिलप्रसाद शर्मा, शौरभ भुसाल, जिवप्रसाद बुढाथोकी, विजय आचार्य, विनोद आचार्य, विशाल पन्थी र प्रशान्त बन्जाडे, विनोद खाती नारायण पाण्डेलगायत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष विष्णु पाण्डेले व्यवसायीका हक हित र अधिकारका लागि सबैसंग सहकार्य गरेर काम गर्ने बताएका छन् ।