सहगोत्रे विष्टहरुको भेला बुटवलमा सम्पन्न अध्यक्षमा जगतबहादुर विष्ट चयन

बुटवल, भदौ ६ । देशभर छरिएर रहेका सहगोत्रीए विष्टहरुको एकताका लागि रुपन्देहीको बुटवलमा भेलाको आयोजना गरिएको छ । देशको विभिन्न ठाउंमा छरिएर रहेका सहगोत्रीए विष्टहरुको बंसावली खोज्ने र दाजुभाईबीच एकता कायम गर्ने उद्वेश्यले २०७८ भदौ ५ गते बुटवलमा प्रतिनिधिमूलक भेला आयोजना गरिएको हो ।

रोल्पा, प्यूठान, अर्घाखांची, गुल्मी र रुपन्देहीका सहगोत्री अगुवा विष्टहरुको प्रत्यक्ष र भर्चुवल रुपमा पाल्पा, काठमाण्डौ, सुर्खेत, विराटनगर, डढेलधुरा, महेनद्रनगर लगायतका सहगोत्री विष्टहरुका अगुवाबीच छलफल गरिएको जगतबहादुर विष्टले जानकारी गराउनुभयो । विष्ट बन्दु संयुक्त एकता समाज गठन गर्ने वपित्र मनसायले प्रथम भेला आयोजना गरिएको हो । भेलाले जगतबहादुर विष्टको अध्यक्षमा सहगोत्रीए विष्ट एकता समाज गठन गरिएको छ ।

जसको उपाध्यक्षमा लिलबहादुर विष्ट, सचिवमा चन्द्रबहादुर विष्ट, सह–सचिवमा गोपालसिंह विष्ट, कोषाध्यक्षमा जितेन्द्र विष्ट रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सुन्दरा विष्ट, लालमन विष्ट, जयबहादुर विष्ट, पिताम्बर विष्ट, नरेन्द्र विष्ट, इन्द्रबहादुर विष्ट रहनुभएको छ । नव निर्वाचित अध्यक्ष जगतबहादुर विष्टले आपसी सद्भाव र एकता कायम गर्ने उद्वेश्यले सहगात्रीए विष्टहरुको प्रतिनिधिमूलक भेृला गरिएको जानकारी गराउनुभयो ।

अध्यक्ष विष्टले यो कार्यसमितिले देशका विभिन्न ठाउंमा रहनुभएका सहयोत्रीए विष्ट दाजुभाइहरुलाई एकतावद्व गराउनका लागि अहिलेको समितिलाई समयको माग अनुसार विस्तार गरिने जानकारी गराउनुभयो । अहिलेको कार्यसमितिले सहगोत्रीए विष्टहरुलाई एकतावद्व गर्नका लागि आवश्यक अनुसार विधान निर्माण गर्ने र सबैको गोत्रीए बन्दुको साथ सहयोगमा ठेगाना र नाम संकलन गरिने अध्यक्ष जगतबहादुर विष्टले जानकारी गराउनुभयो ।