बुटवल मेलाको कृषिमा दर्शक आर्कषित

दर्शकको संख्या दिन प्रतिदिन बढ्दै

श्यामलाल पोखरेल
बुटवल, पुस ९ गते । कृषि कर्म गरेर जीविका चलाएका रुपन्देही फर्साटिकरका किसान टिकाराम अधिकारी कृषिप्रति प्रतिवद्द छन् । कृषि उत्पादनले मुल्य नपाएपनि कृषि कर्ममा सर्मपित छन् किसान अधिकार । रुपन्देहीमा लाग्ने हरेक प्रकार व्यापार मेला तथा कृषि मेला हेर्न तथा अवलोकन गर्न आफ्नो कृषि पेशा छाडेर ड्छिन् टिकाराम । उनै किसान टिकाराम अधिकारीले बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेला पनि अवलोकन गरे ।

रुपन्देही व्पायार संघले यही पुस ५ गते बिहिवारदेखि बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पोमा रहेको कृषि मण्डप (प्याभिलियन) अवलोकन गरेका छन् उनले । उक्त कृषि मण्डपमा सजिसजावटका साथ राखिएका कृषि उत्पादन र कृषि औजारप्रति रुपन्देही फर्साटिकरका टिकारम अधिकारीले घुमीघुमी हेरे । कृषि उत्पादन विक्रीका लागि बजारको उचित व्यवस्थापन गर्दिन र कृषि औजार सहुलियत रुपमा वास्तविक किसानहरुलाई उपलब्ध गराइदिन सरकारसंग माग गरेका छन् ।  

उक्त व्यापार मेलामा फर्साटिकरका टिकाराम अधिकारी मात्र होइन थुप्रै ठाउंबाट कृषि पेशामा लागेका किसानहरुले अवलोकन गरेका छन् बुटवलमा चलिरहेको लुम्बिनी एक्स्पो। रुपन्देही सालझण्डीका रामप्रसाद पोखरेल पनि मेला भित्र राखिएको कृषि मण्डप अवलोकन गरेर कृषि औजार किन्ने मनोसाय बनेको नयांदिशालाइ बताए ।

मेला अवलोकन गर्न आएका धेरैजसो दर्शकले पेभेलियनमा राखिएका कृषि उत्पादनप्रति बढी चासो देखाएका छन् । जिल्ला बाली वस्तु विशेष स्वदेशी उत्पादन र कृषि औजारले मेलामा पुगेका दर्शकलाई आर्कषित गरेको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र जिल्लास्थित मातहतका कार्यालयहरुले राखेका कृषिका स्टलहरु अवलोकनका साथै अध्यन, अनुसन्धानका लागि अब्बल छन् ।
उक्त कृषि मण्डपमा प्रदर्शन गरिएका लुम्बिनी प्रदेशका १२ जिल्लामा उत्पादित कृषि उत्पादन हुन् । मह, खुंदो, मकै, भट्ट, विभिन्न प्रकारका नगदेवाली अन्तरगत गेडागुडी, वेसार, मकै, भट्ट, आटो, कोदोर र फापरको पिठो, केरा, अदुवा, पिडालु, विभन्न प्रकार तरुल, घरेलु राडी पाखी, सिस्नोबाट बनेका कपडा, विभिन्न प्रकार चामल, मुला, सिन्की, कुखुरा, माछा राखिएको छ । त्यस्तै विभिन्न प्रकार कृषि औजार पनि विक्रीका लागि राखिएको । तिनै कृषि उत्पादन र कृषि औजारप्रति दर्शक आर्कषित बनेका छन् ।

                                         सांस्कृतिक प्रस्तुतिले रोचक बन्दै बुटवलको मेला

लुम्बिनी एक्स्पोमा राखिएका कृषि स्टलका साथै मनोरञ्जनात्मक कार्यक्रमले पनि दर्शक आर्कषित छन् । सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । सोमबारसम्म मेलामा डेढ लाख बढी दर्शकले अवलोकन गरेको सचिवालयले बताएको छ । सोमवार सार्वजनिक विदा भएकाले मेला हेर्ने दर्शकको संख्या बढेको हो ।

पांचौ दिन समोबार सांस्कृतिक कार्यक्रम अन्तरगतका प्रतियोगिता एवं कलाकारहरुको प्रस्तुतिले दर्शकलाई आर्कषित गरेको मेला आयोजक संस्था रुपन्देही व्यापार संघका महासचिव दयानिधी भण्डारीले बताए । संघको आयोजनामा आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकले नयां अनुभूति गरेको अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।

सोमबार चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी, गायीका एवं प्रस्तोता मञ्जु पौडेल, बसन्त लम्साल, मञ्जु भट्टराई तथा हास्य कलाकार पुर्खे बाको प्रस्तुति रहेको थियो । दोहोरी गीत प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश र खस्यौली रोधी क्लब प्रालि. बुटवलवीच प्रतिस्पर्धा भएको छ । डान्स आइडल २०८० को टप १२ को प्रस्तुति भएको छ ।

मेलामा ६ सय वढी स्टल राखिएको छ । जसमा होटल तथा रेष्टुरेन्ट, उनी, गार्मेन्ट तथा तयारी पोशाक, अन्तराष्ट्रिय स्टल, कृषि, ब्याग÷जुत्ताचप्पल, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी, श्रृंगार, उपहार तथा खेलौना, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान रहेका छन् ।
बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्थाहरु, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, आइसक्रिम तथा वेकरीज, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस र औषधिजन्य पदार्थ तथा कृषिउत्पादन स्टल रहेका छन् ।

प्रदर्शनीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आन्तरिक सुरक्षा प्रवन्ध मिलाएकाको सुरक्षा समितिका संयोजक अर्जुन भट्टराईले बताए ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ सुरु भएको व्यापार मेला पुस १८ गतेसम्म चलने छ । आयोजक संस्थाले समय अवधी नथपेमा मेला १८ गते नै समापन हुने छ ।
मौसमले साथ दिएको र दिन प्रतिदिन दर्शक बढ्दै गएकाले मेला अवधी थपिन सक्ने सम्भावना रहेको छ ।