माओ दिवस दिवससंगै नेकपाको संगठन विस्तार अभियान उद्घाटन

विनोद खनाल
बुटवल, पुस ११ गते । नेपाल कम्युनिष्ट पार्टी पूर्वी लुम्बिनी ब्युरोले मंगलबार बुटवलमा १३१ औं माओ दिवसका सन्दर्भमा राजनैतिक तथा बैचारिक प्रशिक्षण एवं संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटन गरको छ ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य अनिल सी, पार्टीका पिबिएम वसन्त सी र विनोद सी लगायतले माओको फोटोमा माल्यार्पण गरी माओका योगदानबारे चर्चा गरेका थिए ।

माओका योगदानहरुबारे चर्चा गर्दै स्थायी समतिका सदस्य अनिल सीले माओले विश्व कम्युनिष्ट क्रान्तीमा छुट्टै र महत्वपूर्ण योगदान गरेको बताए । उनले दर्शन, राजनिती, अर्थशास्त्र, बैज्ञानिक समाजवाद र संगठनका क्षेत्रमा नयाँ ढंगले व्याख्या गर्दै माओले चिनको सापेक्षतामा दिर्घकालिन जनयुद्धको नीति अगाडी सारी चिनीया क्रान्तिलाई सफल नेतृत्व प्रदान गरेको बताए ।
माओले किसान, मजदुर र राष्ट्रिय पूंजीपती वर्गको सहभागितामा नयां जनवादी अधिनायकत्व स्थापित गर्ने नयां संस्लेशण अघि सारेको भन्दै नेता अनिलले नेपालको सन्दर्भमा श्रमिक वर्ग, मध्यमवर्ग र देशभक्तहरुको सहभागितामा एकीकृत जनक्रान्ती अगाडी बढ्ने दावी गरे ।

पूर्वी लुम्बिनी ब्युरो अन्तरगतका छ वटा जिल्लाका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै नेता अनिलले विचार राजनिती र नेतृत्वको हाईट अनुशार संगठन निर्माणमा लाग्न अग्रह गरेका छन् ।
जानिबुझी नेपालको अर्थतन्त्र टाट पल्टाई परनिर्भरता तिर धकिलिएको उल्लेख गर्दै उनले भने –मध्यम बर्ग दलाल पूंजीपती उत्पिडनमा परेको छ । एमसिसिका माध्यमबाट अमेरिकि साम्राज्यबादको हस्तक्षेप भित्रिदैं छ र हाम्रो पार्टी र नेतृत्वलाई धेराबन्दी गरिदै छ । त्यसका विरुद्द देशभक्त शक्ति एक ठाउं भएर संघर्ष जरुरी छ उनले भने ।

यस्तै पार्टीका पोलिटब्युरो सदस्य एवं व्यूरो ईन्चार्ज वसन्त सीले माओको निरन्तर क्रान्तीको सिद्धान्तलाई पार्टीले आत्मसाथ गरेको बताउंदै दलाल पूंजीपती वर्ग बाहेकका सवै वर्गलाई समेटेर क्रान्तिको उठान गर्न जरुरी रहेको बताए ।
नेपालको प्रतिकृयावादीसंगै अमेरिकी साम्राज्यबादको योजनामा एमसिसी लागू गराउन पुराना मुद्दा ब्यूताएर पक्राउपुर्जी जारी गरेको भन्दै उनले पार्टीलाई धम्काउने दवावमा राख्ने रणनीति भएको र आत्मसमर्पण गराउने या युद्दमा धकेल्ने प्रयासलाई विवेक र साहसकासाथ सबै मोर्चाबाट प्रतिरोध गर्ने बताए ।
संगठनलाई ब्यबस्थित र सुदृढसंगै प्रतिक्रियाजवादीका हरेक खालका षड्यन्त्रहरुलाई भन्डाफोर र निस्तेज पार्नका लागि जनअन्तरक्रियातमक कार्यक्रम मार्फत जनतामा जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य विनोद सी, केन्द्रिय सल्लाहकार जितबहादुर सी, केन्द्रिय सदस्य धिरज सी, अखिल नेपाल शिक्षक संगठनका निःवर्तमान अध्यक्ष घनस्याम पाठक लगाएतले माओका योगदानबारे चर्चा गर्दै संगठनात्मक अभियान मार्फत जनताका बिचमा पार्टीको नीति कार्यक्रम लिएर जानुपर्नेमा जोड दिए ।

ब्युरो अन्तर्गतका छ वटै जिल्लाका सेक्रेटेरीहरुलाई कम्युनिष्ट पार्टीको झण्डा हस्तान्तरण गरेर संगठन बिस्तार तथा सुदृढ अभियानको उद्घाटन गरिएको छ । भुकम्प पुनर्निर्माण अभियानमा गएका नेता कार्यकर्तालाई सम्मानसमेत गरिएको थियो ।
पिविएम एवं पूर्वी लुम्बिनी ब्युरो ईन्चार्ज वसन्त सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज सरद सी कार्यक्रमको सञ्चालन गरेको थिए, भने नवलपुर ईन्चार्ज कमल सी ले स्वागत गरेका थिए ।