रुपन्देहीको सैनामैना नगरपालिकाले बाड्यो कृषि औजार

बुटवल, पुस ११ गते । किसानहरुलाई हौसला प्रदान गर्ने गरी रुपन्देहकिो सैनामैना नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । परम्परागत कृषि खेतीलाई आधुनि करणमा रुपान्त्रण गराउने लक्ष्य अनुसार किसानलाई कृषि उपकरण वितरण गरिएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाको ७६ प्रतिशत अनुदान र किसानहरुको २५ प्रतिशत सहभागितामा कृषि उपकरण किसानहरुलाई उपलब्ध गराईएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले कृषि उपकरण तथा औजार किसानहरुलाई हस्तानत्रण गरेका हुन् ।

सोही कार्यक्रममा बोल्दै नगरप्रमुख फणेन्द्र शर्माले सैनामैना क्षेत्र कृषिमा सम्भावित क्षेत्र भएकाले कृषि उत्पादन बढाउनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्दता जनाए ।
कृषि उत्पादनमा लाग्न किसानहरुलाई हौसला प्रदान गर्ने नगरपालिका सबै किसानका साथमा नगरपालिका रहेको बताए ।

नगरपालिकाको पशु विकास शाखाले चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यवसायीक कार्यक्रम अन्तरगत कृषि उपकरण वितरण गरिएको शाखा अधिकृत इन्द्रबहादुर खड्काले बताए ।