काला ढुंगाको धनी अर्घाखांचीको जालकांडामा रक गाडेन

श्याामलाल पोखरेल

बुटवल, पुस ११ गते । अर्घाखांचीको सन्धीखर्कबाट उत्तरमा पर्छ डिर्भनाको जालकांडा । सदरमुकाम सन्धीखर्कबाट करिब १५, १६ किलोमिटर उकालो चढेपछि आउने डिर्भनाको जालकांडा खेलमा पर्दछ । कच्ची सडक छोडेर करिव १ किलो मिटर उकालो चढेपछि गुगिन्छ उक्त जालकाडां डांडामा । कालैकाला ढुंगै ढुंगाले भरिएको जालकाडां अचम्मकै छ । काला ढुंगाले भरिएको गर्मीयाममा पनि जाडो हुने जालकांडाको डांडाबाट स्थानीयका अनुसार २१ वटा हिमालको अबलोकन गर्न सकिन्छ । अचम्मको हेर्ने लायक छ, जालकाडां डांडो ।

अर्घाखांचीको डिर्भना सन्धिखर्क नगरपालिका वडा नम्बर ११ पर्दछ । सोही डांडालाई पर्यटकीय स्थलको रुपमा विकास गरिदै छ । केही वर्ष यतादेखि रक गाडेन बनाउन शुरु गरिएको छ । धौलागिरी हिमालका साथै विभिन्न हिमशिखर र भारतको देरादुनसम्म देख्न सकिने जालकांडालाई रक गाडेन बनाउन थालिएको हो । काला पथ्थर तथा पृथ्वीको श्रृष्टि कालदेखिका काला ढु्रंगाले भरिएको देख्न सकिन्छ जालकांडा । अर्खाखांचीको मालारानी र सन्धिखर्क नगरपालिकाको सीमानामा पर्ने जालकांडा डांडालाई रक गाडेन बनाउने गरी अहिले भौतिक संरचना बनाउन थालिएको छ ।

विजय माध्यमिक विद्यालयको ३ सय ८० रोपनी जग्गा रहेको डांडालाई रक गाडेन बनाउन लागिएको हो । आन्तरिक र बाह्य पर्यटकलाई भित्राउने गरी पर्यटीय स्थल बनाउने योजना रहेको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताए । जालकांडालाइ रक गाडेनको रुपमा विकास गर्ने स्थानीय सरकारले योजना बनाएपछि लुम्बिनी प्रदेश सरकारले सहयोग गरेको वडाध्यक्ष आचार्यले बताए । वडाध्यक्षका अनुसार रक गाडेनका लागि लुम्बिनी प्रदेशले पहिलो चरणमा ३० लाख दिएको र अहिले डेढ करोड वजेट दिने भएको छ ।

हेर्दा र देख्दा प्रकृतिले मनमोहक जालकांडामा सिद्वाथान भएकाले धार्मिक रुपले पनि स्थानीय स्तरमा परिचित नाम हो जालकांडा । घांसे मैदानसमेत रहेको जालकांडामा अहिले रक गाडेन बनाउनका लागि सडक विस्तार गरिएको छ । त्यस्तै खेलमैदान, पिकनिक स्र्पोट, खानेपानी र अन्य निर्माणका कामहरु गरिदै छ । काला डुंगाले भरिएको डांडो हेर्ने पहिला पनि टाढाटाढाबाट मान्छे आउने गरेको र अहिले रग गाडेन बनाउन शुरु भएदेखि दैनिकजसो मान्छेहरु हेर्न आउने गरेको स्थानीय माधव खानलले बताए ।

नरसिंहथान मन्दिर, जालकाडा, धेरा, देउराली चोहातीको लेक, ओखलढुंगाको चौर, जालकाडाको रक गाडेन जस्ता महत्वपूर्ण धार्मिक तथा पर्यटक स्थलले आन्तरिक र बाह्य पर्यटक आर्कषित हुने स्थानीय बताउछन् ।
जालकांडा डांडाबाट २१ वटा हिमालको अबलोकन गर्न सकिने जालकाडाको लेखबाट प्याराग्लाडिङको सफल उडानका लागि परिक्षण भैसकेको छ । जालकांडा डांडामा नेपालको ठूलो तथा झण्डा राखिएको छ ।