जनजातीले ढिलो बुझेर ढिलो काम गर्छन – प्रदेश प्रमुख

बुटवल, पुस १७ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले समान अधिकार दिएको दावी गरेका छन् । अधिकार प्राप्त संविधान अनुसार काम गर्नुपर्ने बताउंदै सबै प्रकारका आयोगले संविधान पालना गर्नुपर्ने बताए ।

थारु आयोगको प्रतिवेदन बुझ्नका लागि मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गरेका छन् ।

पुरानो संविधानले जनतालाई अधिकार नदिएकाले नयां संविधान लेखिएको बताउंदै २०७२ को संविधानले धेरै क्षेत्रलाई समेटेको प्रदेश प्रमुख शेरचनको दावी छ ।
२०४० वर्षदेखिको राज्य व्यवस्थाले आदिवासीलाई पछाडी पारेकाले गणतन्त्र स्थापनापछि अधिकारका लागि विभिन्न आदिवासी जनजाती आयोगहरु गठन गर्नुपरेको उनले बताए ।

नामको मात्रै आयोगको अर्थ नहनुे बताउंदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने बताए ।

आदिवासी जनजातीले ढिलो बुझ्ने र ढिलो काम गर्ने भएकाले आफै पछाडी परेको उल्लेख गर्दै काममा सक्रियता बढाउन प्रदेश प्रमुखको आग्रह छ ।

उक्त कार्यक्रममा बोल्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद धौधरीले लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसंग माग गरे ।
मुक्त कमैयां, कम्लहरी, हलिया र हरवा चरवाको वस्तुस्थिति अध्ययन प्रतिवेदन २०७८ कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेश प्रमुख कार्यालय प्रमुख धर्मा अर्यालको सञ्चालनकमा कार्यक्रम भएको थियो ।