लुम्बिनीमा स्वास्थ्य विमा कार्यक्रम कमजोर

स्वास्थ्य उपचार महंगो भएको प्रदेश स्वास्थ्य मन्त्रीको स्वीकार

बुटवल, पुस १८ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य क्षेत्र महङो भएको बताएका छन् । स्वास्थ्य क्षेत्र महङो हुंदा आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य उपचार गराउन नसकेको मन्त्री खनालले स्वीकार गरेका छन् ।

स्वास्थ्य विमा वोर्डले बुधबार बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य सेवालाई सहज र सस्तो बनाउनु पर्ने मन्त्री खनालले बताए ।

उनले आर्थिक रुपले स्वास्थ्य उपचार महङो भएकाले स्वास्थय सेवालाई प्रभावकारी बनाउन सुझाव दिंदै नीतिगत रुपमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो भने प्रदेश सरकारले सहज बनाइदिने आश्वासन दिए ।

स्वास्थ्य विमाको विकल्प नभएको बताउंदै मन्त्री खनालले सामूहिक प्रत्यत्नबाट विमा कार्याक्रमलाई सफल बनाएर लक्षित वर्गलाई अनिवार्य स्वास्थ्य सेवा दिनुपर्ने बताए ।

स्वास्थ्य विमाबाट प्राप्त हुने रकम भुक्तानी नभएको जनगुनासो सुन्नमा आएको बताउंदै मानिसको स्वास्थ्यप्रति खेलवाड नर्गन स्वास्थ्य विमा वोर्डलाई आग्रह गरे ।

सरकारी अस्पतालहरुमा विरामीलाई आर्कषित गर्ने गरी स्वास्थ्य सेवालाई सहज बनाउन निर्देशन दिएका छन् मन्त्री खनालले ।

स्वास्थ्य विमा वोर्डका अध्यक्ष डाक्टर गुणराज लुइटेलले स्वास्थ्य सेवालाई सहज बनाउनुको विकल्प नभएको बताए । स्वास्थ्य विमाप्रति जनगुनासो बढेको स्वीकार गर्दै अबदेखि दुई महिना भित्र स्वास्थ्य विमाको रकम भुक्तिानी दिने प्रतिवद्वता जनाउंदै प्रभावकारी सेवा दिने प्रतिबद्दता जनाए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउंदै स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन राजनीतिक प्रतिवद्वता आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदोशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डाक्टर सुर्दशन थापाले सरकारी अस्पतालहरुमा दैनिक रुपमा विरामीको संख्या बढेको बताउंदै यस विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए । डाक्टर दामोर बसौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

स्वास्थ्य सेवालाई सहज बनाउ सरकारले विमा कार्यक्रम सञ्चालन गरेको हो । स्वास्थ्य विमा कार्यक्रम सरकारले सञ्चालन गरेपनि लुम्बिनी प्रदेशमा स्वास्थ्य विमा कार्यक्रम कमजोर देखिएको छ । स्वास्थ्य विमा वोर्डको तथ्यांक अनुसार लुम्बिनीमा जम्मा २१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुंचमा छन् ।

लुम्बिनीको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमीत भएका छन् । बिमितहरु मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको स्वास्थ्य वीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनकबहादुर साउदले जानकारी गराउनुभएको छ ।