जीतगढी राष्ट्रिय स्वाभिमान र पहिचानको प्रतिक हो – राष्ट्रपति

बुटवल पुस २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले बुटवलको जीतगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको प्रतिक भएको बताएका छन् । नेपालीको विरताको गांथा जोगाउने लडाईमा प्रयोग भएको जीतगढी किल्लाले नेपालीको शीर उचो राखेको बताए ।

जीतगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्त्रणका लागि शुक्रबार नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

अंगे्रजसंगको लडाईमा नेतृत्व गर्नुभएका कर्णेल उजिरसिंहको स्मरण गर्दै नेपाल– अंगे्रज युद्वमा वीरगती प्राप्त गर्ने वीर नेपालीप्रति श्रदाञ्जली अर्पण गर्दै राष्ट्रपतिले पौडेलले भने – अंग्रेजसंग भएको लडाईमा विजय भएपछि नेपालले अन्र्राष्ट्रिय रुपमा देशको मान्यता पाएको हो ।

जीतगढी किल्लालाई युद्वकलाको झल्को दिनेगरी विकास गर्नुपर्ने बताउंदै जीतगढीको निर्णायक लडाईले नेपाल रहेको राष्ट्रपति पौडेलले बताए ।
नेपाली सेनाले संविधान अनुसार काम गरेको उल्लेख गर्दै नेपाली सेनाले जहां काम गर्छ त्यहां नेपाली जनतामा लोकप्रीय बनेको भन्दै प्रसशंसा गर्नुभयो । नेपाली सेनाले स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रियताको रक्षा गर्दै आएको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधान कार्यान्वयन हुन नसकेको बताउंदै संविधान कार्यान्वयनका लागि पहल गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

संविधानको रक्षक हजुर भएको भन्दै मुख्यमन्त्री चौधरीले राष्ट्रपति पौडेललाई कतै संविधान कार्यान्वयन नहुनेको हो की भन्ने डर लागेको बताउंदै संविधान कार्यान्वयनका लागि पहल गर्न आग्रह गरे । समयमै संविधान र संघीयता कार्यान्वयन गरेर जनताको उत्साहालाई सम्बोधन गर्नुपर्ने मुख्यमन्त्री चोधरीको भनाइ छ ।

ईतिहांसविद् निर्मल श्रेष्ठले तत्कालिन नेपाली सेना र अंगे्रज लडाईका साथै जीतगढी किल्लाको ईतिहांसबारे जानकारी गराउंदै जीतगढीले नेपालीको शान बढेको बताए ।

स्वागत मन्तब्य व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले जीतगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरलाई हस्तान्त्रण गरेकोमा खुशी व्यक्त गर्दै जीतगढीको उचित संरक्षण र विकास गर्ने प्रतिबद्दता जनायन ।

नेपाली सेनाले जीतगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्त्रण गरेको छ । सोही कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले जीतगढी किल्लाको प्रतिक बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेलाई हस्तान्त्रण गरेका थिए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले धन्यबाद ज्ञापन गरेका थिए ।