आजदेखि लेक एक्स्पो सञ्चालन

बुटवल, पुस २२ गते । रुपन्देहीको तिलोत्तमा सञ्चालित लुम्बिनी इन्जिनियरिङ, म्यानेजमेण्ट र साइन्स कलेजमा आजदेखि लेक एक्स्पो सञ्चालन भएको छ ।
कलेजले यही पुस २२ र २३ गते हुने लेक एक्स्पो २०२४ बारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

लुम्बिनी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट लेक एक्स्पोमा प्रदर्शन गरिने छ । विद्यार्थीले शिभिल, इलोक्टिकल, इलोक्ट्रोनिक्स र कम्प्युटरका गरी ५० वटा प्रोजेक्ट तयार पारेको कलेजका सदस्यसचिव डाक्टर केएन पाण्डेयले जानकारी गराए । विद्यार्थीले विभिन्न क्षेत्रको अनुसन्धान गरी तयार पारेका प्रोजेक्टहरु व्यवहारिक रुपमा प्रयोग गर्न सकिने उनले बताए ।

विद्यार्थीले बनाएका प्रोजेक्टहरु घरपरिवार, उद्योग तथा विद्यालय, सडक, कृषि लगायतका क्षेत्रमा प्रयोग गर्न सकिने कार्यक्रम संयोजक ईन्जिनियर विष्णुचन्द्र झांले बताए । विद्यार्थीले केही नयां प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार गरेका छन् ।
प्रोजेक्ट २२ गते र २३ गते विहान ९ बजेदेखि सांझ ५ बजेसम्म कलेज परिसरमा प्रदर्शन गरिने कलेजका डाइरेक्टर तुल्सीप्रसाद सापकोटाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

विद्यार्थीले तयार पारेका प्रोजेक्ट दुई दिनसम्म व्यवस्थित रुपमा स्टलहरुमा राखिने र उक्त प्रोजेक्टहरुको विश्वविद्यालयका पदाधिकारी, अभिभावक र सरोकारवालाले अवलोकन गर्ने कलेजले बताएको छ । १२ हजारले प्रोजेक्ट अवलोकन गर्ने कलेजको अपेक्षा छ ।
पत्रकार सम्मेलनमा ईन्जिनियर कृष्णप्रसाद पराजुली, ईन्जिनियर पंकज ठाकुर र सतिषकुमार कर्णले विद्यार्थीले तयार पारेका प्रोजेक्टका कामबारे जानकारी गराएका थिए ।