माणिमुकुन्द राष्ट्रिय भलिबल
तेस्रो दिन आज ४ खेल हुदै



सुमन अधिकारी
बुटवल ।
रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन आइतवार त्रिभुवन आर्मी र कोशी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश, नेपाल पुलिस र मधेश प्रदेश तथा सशस्त्र पुलिस र कर्णाली प्रदेशबीच खेल हुदैछ ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि प्रतिप्रस्पर्धा गराइएको छ । जसमा समुह ए मा रहेको रहेको कोशी प्रदेशले २ खेलमा जित हात पार्दै समुहमा शिर्ष स्थानमा रहेको छ । कोशीले पहिलो खेलमा मधेश प्रदेश र दोस्रो खेलमा सुदुरपश्चिमलाई पराजित गरेको हो । यसै समुहमा रहेको मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशले खेलेका दुबै खेलमा पराजित भएका छन् ।

त्यसैगरि समुह वि मा रहेको बागमति प्रदेशले पनि खेलेका दुबै खेल जितेको छ भने लुम्बिनी प्रदेशले खेलेको २ खेलमा १ मा जितेको छ भने अर्कोमा हार व्यहोरेको छ । सोहि समुहमा रहेको गण्डकिले १ खेल जितेको छ भने सुदुरपश्चिम प्रदेश खेलेका दुबै खेलमा पराजित भएको छ । विभागिय टिमहरु नेपाल पुलिस, नेपाल आर्मि र एपिएफले खेलका आफ्ना पहिलो खेल जितेका छन् ।
शनिवार भएका खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश बिजयी भएका थिए । त्रिभुवन आर्मी क्लबले सोझो सेटमा मधेश प्रदेश लाई हराएको थियो भने लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई हराएको थियो । लुम्बिनी आफ्नो पहिलो खेलमा एपिएफसंग पराजित भएको थियो ।
सुदुरपश्चिम प्रदेश र कोशी प्रदेश बिच भएको खेलमा कोशी प्रदेश बिजयी भएको थियो । गण्डकी प्रदेश र कर्णाली प्रदेशबिच भएको खेलमा सोझो सेटमा गण्डकी प्रदेशले जित हात पारेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख १ रुपैयासहित कप मेडल प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र प्राप्त् गर्ने छ । त्यसैगरि तृतिय हुनेले नगद १ लाख १ रुपैया नगदसहित कप मेडल प्रमाणपत्र पाउने छ । चौथो स्थान प्राप्त गर्नेलाई नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र प्रदान गरिने छ ।