सालझण्डीको पशुपति माविमा प्राविधिक शिक्षा

बुटवल, फागुन ५ गते । रुपन्ददेहीको सालभण्डीको पशुपति माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन सञ्चालन गरेको छ । २०१८ साल स्थापना रुपन्देही सैनामैना नगपालिकाको सबै भन्दा पुरानो विद्यालय पशुपति माध्यमिक विद्यालयले २०७४ सालदेखि प्राविधिक शिक्षा पढाउंदै आएको छ ।

देशमा शैक्षिक बेरोजगार बढ्दै गएपछि विद्यार्थीलाई रोजगारमूलक शिक्षा दिनका लागि पशुपति माध्यमिक विद्यालयले इलेक्टिक इन्जिनियरिङ विषयमा पढाउंदै आएको छ । विद्यालयले कक्षा ९, १०, ११ र १२ तथा माध्यमिक तहमा पढ्ने विद्यार्थीका लागि प्राविधिक धारतर्फको इलेक्टिक इन्जिनियरिङ विषय पढाउंदै आएको छ ।

विद्यार्थीले पढेपछि बेरोजगार नबनुन र विदेश पलाएनबाट रोक्ने उद्वेश्यले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार तीन वर्ष भित्रमा पशुपति माविलाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी शैक्षिक सुधारका कामहरु सञ्चालन गरिएको छ ।

विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी प्राविधिक धारतर्फको इलेक्टिक इन्जिनियरिङ विषय पढाउने गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक केदार सापकोटाले बताए ।
विद्यालयमा शैक्षिक सुधारका लागि कार्यक्रमहरु सञ्चालन गरेपछि सर मेडमहरुको पढाईमा पनि सुधार आएको विद्यार्थी रुपा अर्यालले बताइन ।

पशुपति माविलाई रुपन्देहीमा प्राविधिक शिक्षामा अबको रुपमा विकास गर्नका लागि विद्यालयले नयां भवन र खेर गैरहेको जग्गामा सटर बनाएर आर्थिक आयोश्रोत बढाउने विद्यालयको योजना बनेको अध्यक्ष पोखरेलले बताए ।
गुणस्तरीय अन्तरगत, मण्टेश्वरीदेखि माध्यमिक तह, उच्च शिक्ष्का साथै प्राविधिक धारतर्फको शिक्षा अध्ययनका लागि गाउंघर छोडेर कसैलाई पनि शालझण्डी बाहिर जान नपर्ने गरी कक्षाहरु पशुपति माविमै सञ्चालन गरिने अध्यक्ष हरि पोखरेलले बताए ।
अहिले पशुपति माध्यमिक विद्यालयमा १४ सय ९५ जना विद्यार्थीले पढ्दै आएका छन् ।