अमेरिकाको प्रयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी – मोहनविक्रम

अघाखांची, माघ ८ गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमाथि अस्तक्षेप गर्न अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रयोग गरेको दावी गरेका छन् ।
प्रगतिशील पत्रकार संघ, नेपाल अर्घाखांचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले नेपालमा हस्तक्षेप बढाउन अमेरिकाले विगतदेखि प्रयास गर्दै आएको र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रयोग गरेको बताए ।

कम्युनिष्ट नेता सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी पूर्णरुपमा अमेरिकाबाट सञ्चालित रहेको आरोप दाबी गर्दै महामन्त्री सिंहले भने – नेपाली कांग्रेसभित्र पनि अमेरिका खेलिरहेको उल्लेख गर्दै कांग्रेसको शेखर गु्रप अमेरिकाको पक्षमा रहेको छ ।

उनले अमेरिकीहरूले कांग्रेसमा देउवा पक्षलाई फालेर शेखर पक्ष हावी गराएर आफ्नो एजेन्डा स्थापित गर्न खोजेको बताए । भारतले पनि आफ्नो निर्देशनमा चल्ने मधेशवादी पार्टी बनाएको र सोही अनुरुप नेपालमा हस्तक्षेप बढाउन साम्राज्यवादी शक्तिहरु सक्रिय रहेको बताए । नेपालमा रहेर तिब्बत र चीनमाथि आक्रमण गर्ने भारत र अमेरिकाको मुख्य उद्वेश्य महामन्त्री सिंहको तर्क छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मलाई हतियार बनाएको उल्लेख गर्दै ज्ञानेन्द्रको उद्वेश्य राजा बन्ने भएपनि नेपालमा राजा आउन सम्भव छैन भन्नुभयो । राजतन्त्र ल्याउने नाममा भैरहने अस्थिरता र अराजकताप्रति भने सचेत हुनुपर्ने बताए । नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेपनि सरकारका नीति र कार्यशैलीसंग मतभेद रहेको स्पष्ट पारे । देशमा प्रतिगमनको खतरा रहेकोले प्रतिगमनका विरुद्ध मात्रै यो सरकारलाई समर्थन गरेको सिंहको भनाई छ ।

अन्तर्राष्ट्रिय परिस्थितीको विश्लेषण गर्दै महामन्त्री सिंहले तेस्रो विश्वयुद्धको खतरा रहेको उल्लेख गर्दै रुस युक्रेन युद्ध तेस्रो विश्वयुद्धको संकेत हो उनले भने।
महामन्त्री सिंहले अबको युद्ध सामान्य नभएर आणविक हतियारसहितको हुने हुंदा शान्तिको पक्षमा आवाज बुलन्द पार्ने बेला आएको बताए । युद्धको विरोध र शान्तिको पक्षमा आवाज उठाउनुपर्ने बताउंदै शक्तिशाली राष्ट्रहरूको घमण्ड र धिनायकवादी शैलीका कारण विश्व युद्धको खतरा रहेको कम्युनिष्ट नेता मोहनविक्रम सिंहले राजनीतिक विश्लेषण छ ।