बुटवलमा कृषि मेला

बुटवल, फागुन ८ गते । बुटवल उद्योग वाणिज्य संघले बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला गर्दै छ । यही फागुन १० गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा आयोजना हुने कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुन लागेको कृषि मेलामा कृषि सम्बन्धि प्रविधि, उत्पादन तथा सेवाका १ सय भन्दा बढि स्टल सहभागि रहने कृषि मेला आयोजक समितिका अध्यक्ष हरी अर्यालले बताए । कृषि मेला स्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र हालसम्म ८१ वटा स्टल दर्ता भईसकेको जानकारी दिए ।

२०६२ सालदेखि कृषि मेला आयोजना गर्दै आएको संघले अहिले १२ औं संस्करणसम्म आईपुग्दा असल कृषि अभ्यास उन्मुख वस्तुहरुको प्रदर्शनी गर्न लागिएको अध्यक्ष अर्यालले बताए । अध्यक्ष अर्यालले बुटवल उद्योग वाणिज्य संघले नियमित रुपमा कृषिको व्यवसायिक विकासका लागि प्रवद्र्धनात्मक रुपमा कृषि मेला आयोजना गर्दै आएको बताउंदै उनले भने – कृषकहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिएको हो ।

कृषि मेलामा कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र प्राङगारिक तथा वैज्ञानिक कृषि प्रणालीका विषयमा छलफल गरिने छ ।