शाइन बैंक ६ करोडबाट ६ अर्बमा पुग्यो

शाइन पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम र कार्की सम्मानित

बुटवल, फाुगन ११ गते । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङा डेभलपमेण्ट बैंकले आफ्नो १६ औं स्थापना दिवस मनाएको छ । बैंक २०६८ साल फागुन ११ गते स्थापना भएको थियो । शाइन रेसुङा डेभलपमेण्ट बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा शाइन रेसुङा डेभलपमेण्ट बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई पुरस्कृत गरेको छ । पत्रकार गौतम र कार्कीलाई जनही नगद रु. २५ हजार १ रुपैयांसहित पुरस्कृत तथा सम्मान गरेको हो । आर्थिक क्षेत्रमा कलम चलाउएको भन्दै सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

त्यस्तै बैंकले त्यस्तै ग्रामिण उत्कृष्ट शाखा अर्घाखांची बाट खनदह शाखा प्राुख सरोज पोखरेल र शहरीक्षेत्रबाट काठमाडौको नयाँ बानेश्वर शाखा प्रमुख भुवन ढुंगेललाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ ।

सोही कार्यक्रममा बोल्दै शाइन रेसुङा डेभलपमेण्ट बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकलाई अग्रणी विकास बैंक बनाउने लक्ष्य रहेको बताए । बैंकलाई डिजिटल प्रविधिबाट सञ्चालन गरिने बताउंदै अध्यक्ष पौडेलले भने – बैंकको हालसम्म ८८ शाखा सञ्चालनमा छन् ।
उनले ६ करोडबाट शुरु भएको बैंकको अहिले ६ अर्वको पंूजी कोष रहेको जानकारी गराए । खबरदारीसंगै बैकिङ क्षेत्रलाई सुधार गर्न र हौसला दिनका लागि पत्रकारहरुको कलम स्वतन्त्र हुनुपर्ने अध्यक्ष पौडेलले भने ।

पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले शाइन पत्रकारिता अक्ष्यकोष बढाएर १० लाख बनाउन आग्रह गर्दै आर्थिक क्षेत्रको विकासमा पत्रकार महासंघ सहकार्य र हातेमालो गर्न तयार रहेको बताए ।

पुरस्कृत पत्रकार घनश्याम गौतम र भुवन कार्कीले पुरस्कार थप जिम्मेवारी बढाउको बताउंदै समग्र आर्थिक विकासका लागि कलम चलाउने बताए ।
शाइन रेसुङा डेभलपमेण्ट बैंकले २०७८ सालदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु. ५ लाखको कोषको स्थापना गरी शाइन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यो पुरस्कारबाट २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपाल सम्मानित भएका थिए ।