पशुपंक्षी मत्स्यजन्य उत्पादन र बजारीकरणबारे बुटवलमा छलफल

बुटवल, फागुन १२ गते । लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना र बुटवल उद्योग बाणिज्य संघको समन्वयमा बुटवलमा पशुपंक्षी मत्स्यजन्य उत्पादन र बजारीकरणको अवस्थाबारे छलफल गरिएको छ । एघारौ राष्ट्यि प्रांगारिक कृषि मेलाको अवसरमा बुटवलमा शनिबार पशुपंक्षी सञ्जालहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवर, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कफिलवस्तुका प्रमुख डा. प्रवेज आलम, विमा प्राधिरण लुम्बिनी प्रदेशका संयोजक पूर्ण थापा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्क लोकरोज भुसालले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलरासी जिल्लाका बंगुर पालका किसान संघ, बाख्रा पालक किसान संघ, मत्स्य पालक किसान संघ लगायतका पशुपंक्षी क्षेत्रका किसान तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, पशुसेवा विज्ञ डा. लक्ष्मण पौडेल, पशुक्वारेन्टाईन कार्यालय बेलहियाका प्रमुख डा. भक्त न्युरे लगायतले पशुपंक्षी मत्स्यजन्य उत्पादन र बजारीकरणबारे आआफ्ना भनाइ राखेका थिए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका समन्वय प्रमुख उमाकान्त चपाईंले किसान नै अहिलेका सबैको सबै सरकारी निकायले बास्तविक किसानलाई संरक्षण गर्नुपर्ने बताए । किसानको उत्पादन बजारीकरण नहुँदा समस्या भएको भन्दै यसको लागि सरोकारवाला निकायलाई किसानमैत्री नीति बनाउन उनले आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले पशुपंक्षी मत्स्यजन्य उत्पादनका लागि लुम्बिनी प्रदेश सम्भावित प्रदेश भएको बताए ।
कृषि तथा पशुपालनको क्षेत्रका लागि लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले बताए ।