प्युठान बादीकोटमा उत्पादन ५ वटा मुलाको तौल ५६ किलो

प्यूठान, फागुन १५ गते । प्यूठानको झिमरुक गाउंपालिका वडा नम्बर २ थापचौरमा ५ वटा मुलाको तौल ५६ किलो पुगेको छ । झिमरुक २ बादीकोट थापचाचैर निवासी जालपा पोखरलेको बारीमा लगाएका मुला उखलेर तौल गर्दा ५ वटा मुला ५६ किलो पुगेको छ ।

गत असोजमा पाखो वारीमा लगाएका मुला पुस महिनामा उखल्दा तौल थाहा लागेको कृषक जालपा पोखरेलले बताइन । मुला गत पुसमा उखलेपनि फेसबुकमा फागुनमा राखेपछि थाहा भएको हो । प्यूठान मुला खेतीका लागि उत्कृष्ट मानिन्छ । प्यूठानको रातो मुलाको देशभर चर्चित छ ।

आफ्नै मेहनतले मुला फलाउंदै आएका कृषकका लागि स्थानीय सरकारले प्रोत्साहन गर्ने कार्यक्रम ल्याएर उत्साहित गर्न जरुरी देखिन्छ ।