स्वास्थ्य सेवालाई सहज बनाउने स्वास्थ्य मन्त्रीको आश्वासन

बुटवल, फागुन १५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य सेवालाई सहज र शर्भशुलभ बनाउने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने अस्पतालको रुपमा बिकास गर्ने प्रतिवद्वता जनाए ।अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयां भवन निर्माण समयमै सक्न मनत्री खनालले निर्माण कम्पनीलाई निर्देशन गरेका छन् ।

मंगलबार अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडी बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको दावी गरे । उनले अस्पतालको गुणस्तरवृद्धि गर्ने र जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन प्रदेश आवश्यक स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिए । मन्त्री खनालले नेपाली मात्र नभई विदेशी पनि उपचार गर्न आउने गरी अस्पतालको स्तरवृद्वि गर्ने बताउनुभयो ।मन्त्री खनालले मंगलबार अस्पतालमा क्याथल्यावको समेत उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बरालले अस्पतालको बिकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको दावी गर्दै विगतका प्रतिवद्धता सरकारले पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयां भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको जानकारी गराए ।
१५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपब्धिबारे मेसु थापाले जानकारी गराउनुभयो । निक भविष्यमा अनलाइन टिकटको समेत व्यवस्था गरिने मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए ।

अस्पतालले ११४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो । अस्पताल परिवार बीच आयोजना गरिएका प्रतियोगिताहरु फुटबल, भबिल, क्रिकेट, म्याराथन, कविता बाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
अस्पतालमा चिकित्सक (विशेषज्ञं मेडिकल अधिकृत) १२७ जना, नर्सिङ कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आई टी) २८ जना, कार्यालय सहयोगी÷सरसफाईकर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

तत्कालिन राणाप्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवलफुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.स.१९९८ सालमा रक्तसंचार गृह रकेको स्थानहुँदै बुटवलउप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउंदै आएको छ ।