युनिग्लोब कलेज अनुसन्धानमा केन्द्रित

बुटवल, फागुन १६ गते । युनिग्लोब कलेजले नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट अन्तर्राष्ट्रिय तहमा अनुसन्धान गर्दै आएको छ । रोजगारमुखी जनशक्ति उत्पादन गर्ने उद्वेश्यले सञ्चालित युनिग्लोब कलेजले जनशक्ति उत्पादन गर्नुका साथै व्यवस्थापनको क्षेत्रमा अनुसन्धान गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी काठमाण्डौमा सञ्चालित कलेजले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी बिबिए, विविए, बिआई बैंकिङ र इन्सुरेन्स एमबिए र एमबिए शैक्षिक कार्यक्रम सन्चालनबारे जानकारी गराएको छ ।

कलेजले १५ वर्षको अवधीमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजमध्ये नेपालमा उत्कृष्ट नतिजा ल्याई २१ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेको कलेजका प्रवन्ध निर्देशक डाक्टर नरबहादुर विष्टले जानकारी गराए । २०१८, २०१९ र २०२२ मा उत्कृष्ट व्यवस्थापन कलेजको रूपमा पुरस्कृत पनि भईसकेको छ ।

कलेजले अहिलेसम्म १२ वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको जनाएको छ । त्यस्तै ३५ भन्दा बढी विदेशी विश्वविद्यालयसंग सम्झौता रहेको छ । ४७ भन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकले कलेजमा अध्यापन गरिसकेका छन्, भने ३५० भन्दा बढी विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन तथा अनुसन्धानका लागि विदेश गएको कलेजले बताएको छ ।

कलेजमा हालसम्म २ हजार ५५० बढी दक्ष जनशक्ति उत्पादन भएको र उत्पादित जनशक्ति प्रतिष्ठित प्रतिष्ठानमा रोजगार बनेको निर्देशक डाक्टर नरबहादुर विष्टले जानकारी गराए । यस वर्ष बुटवलबाटै भर्ना लिन सकिने र नयां विद्यार्थीलाई २५ देखि ३५ प्रतिशत सहुलियत दिने कलेजले बताएको छ ।