दादुरा–रुवेला खोप अभियान जारी

बुटवल, फागुन १८ गते । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा देशव्यापी सुरु भएको दादुरा–रुबेला भाइरसको खोप अभियानले यतिबेला तीव्रता लिएको छ । फागुन १३ देखि सुरु भएको उक्त अभियान पहिलो चरण्को चैत्र ७ गते सम्पन्न हुने छ ।

रुपन्देहीका १६ वटा पालिकाहरुमध्ये पहिलो चरणमा बुटवल उक्त खोप अभियान उपमहानगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत ९ वटा पालिकाहरुमा फागुन १३ देखि १९ गतेसम्म सञ्चालन भइरहेका छन् । दोस्रो चरणमा सैनामैना नगरपालिका लगायतका ७ वटा पालिकाहरुमा फागुन २० देखि २४ गतेसम्म उक्त अभियान सञ्चालन हुनेछ ।
रुपन्देहीभरिमा तीन लाख १४ हजार सात सय ३८ जना बालबालिकाले अभियानमा दादुरा–रुबेलाको खोप लगाउने छन् । दादुरा–रुबेला भाइरसका कारण सर्ने भएकाले छिट्टै सर्ने अनि संक्रमण भई महामारीको रुप लिन सक्छ । दादुरा रोगका कारण बालबालिकाहरुमा अन्धोपना,कान पाक्ने,निमोनिया तथा कम्पन समेत हुन सक्ने जटिलताहरु देखा पर्न सक्छन् । त्यसैगरी रुबेला संक्रमणका कारण बालबालिकाहरुमा हाडजोर्नी सुन्निने,दुख्ने, रक्तश्राव हुनुका साथै इन्सेफ्लाइटीस समेत हुन सक्छ ।

रुपन्देहीको दक्षिणक्षेत्रमा पर्ने लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न खोप केन्द्रमा फागुन १३ गतेदेखि १७ गतेसम्म नौ महिनादेखि १५ वर्षमूनिका ३ हजार सात सय जना बालबालिकाहरुले दादुरा–रुबेलाको खोप लगाई सकेको सो केन्द्रका स्वाथ्यकर्मी कोपिला बुढाले जानकारी गराइन । उनका अनुसार यस अघि दादुरा–रुबेलाको खोप लगाएपनि अभियानमा दादुरा–रुबेला खोपको थप १ मात्रा नछुटाइ लगाउनु पर्ने छ । यस खोपले दादुरा–रुबेला रोगबाट सुरक्षित हुन थप क्षमता शक्ति विकास हुने र बालबालिका पूर्णरुपमा यो रोगबाट सुरक्षित हुनेसमेत उनले बताइन् ।

भाइरसहरु नाक तथा घाँटीमावृद्धि हुने र स्वासमार्ग हुँदै शरीरका विभिन्न अंगहरुमा पुगेर संक्रमण गराउने र महामारीका रुपमा फैलिन सक्ने भएको हुँदा तोकिएका उमेरका बालकालिकाले तोकिएकै समयमा खोप लगाउनु पर्ने, सोही केन्द्रका नर्सिङ्ग स्टाफ एवम् खोप अभियानमा जोडिनु भइकी गरिमा आत्रेयले बताइन् ।
स्वास्थ्य केन्द्रले तोकेका स्थानहरुमा नै पुगेर आफूहरुले उक्त खोप अभियान सञ्चालन गर्दै आएको र उत्साहजन उपस्थिति समेत रहेको उनले जानकारी गराइन् ।