बुटवलले पायो उत्कृष्ट नगरपालिका अवार्ड

बुटवल, फागुन २९ गते । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक बिकासमा उत्कृष्ट नगरपालिका अवार्ड पाएको छ । मंगलबार काठमाडौं आयोजित नेपाल नगरपालिका सँघको ३१ औं स्थापना दिवसको अवसरमा आर्थिक वर्ष २०७९–०८० मा स्थानीय आर्थिक बिकासमा उत्कृष्ट कामको मुल्याकंनमा परेपछि बुटवल उपमहानगरपालिकाले उत्कृष्ट नगरपालिका अवार्ड पाएको हो ।
सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरका हुन् ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो। नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको नगर प्रमुख पाण्डेयले बताए ।
बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक बिकासमा उत्कृष्ट नगरपालिका अवार्ड पाएपछि काम गर्नका लागि थप हौसला मिलेको नगर प्रमुख पाण्डेयले नयां दिशालाइ बताए ।