लुम्बिनीका पूर्व प्रदेश प्रमुखको निधन

बुटवल, फागुन ३० गते । लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ का यादवको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो।
घरमै निधन भएका यादवको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । इमानदार नेताको छवि भएका नेता मानिने यादव तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन ।

स्व. यादव पूर्व स्थायी शिक्षक हुन् । लामो समय शिक्षण पेशामा रहेका यादवले राजीनामा दिएर नेकपा एमालेबाट ०४८ र ५१ को मध्यावधी निर्वाचन लडेका थिए ।