खुद्रा किराना व्यवसायी संघमा नयां नेतृत्व, अध्यक्षमा पोखरेल

बुटवल, फागुन ३० गते । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्रप्रसाद पोखरेल निर्वाचित भएका छन् । संघको मंगलबार बुटवलमा सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनबाट महेन्द्रप्रसाद पोखरेल अध्यक्ष रहेको नयां कार्यसमिति निर्वाचित भएको हो ।

संघको जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा आचार्य भुसाल र द्वितिय उपाध्यक्षमा गोपालकुमार प्रधान निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा दधिराम ज्ञवाली, कोषाध्यक्षमा टीकाराम शर्मा पौडेल, सचिवमा यमलाल बेल्वासे, सहसचिवमा कुलचन्द्र गौतम, सहकोषाध्यक्षमा ईश्वरकुमार नेवार श्रेष्ठ निर्वाचित भएका हुन् । संघको कार्यसमिति सदस्यहरुमा लक्ष्मी न्यौपाने, विमला गुप्ता, पुष्पा पोखरेल, राजकुमार श्रेष्ठ, छबी रास्कोटी, बिष्णुप्रसाद अधिकारी, हुमनाथ पोखरेल, बुद्धिसागर पान्डेय, दिपक काफ्ले, रमेश ज्ञवाली रहेका छन् ।
२४ सदस्यीय रहेको संघमा केही सदस्यपछि मनोनित गरिने संघका नवनिर्वाचित अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले नयांदिशालाई जानकारी गराएका छन् । नवनिर्वाचित अध्यक्ष पोखरेलले व्यवसायीको हितमा संस्थापकदेखि पूर्व अध्यक्षलगायत सुझाव सल्लाहा लिएर काम गर्ने प्रतिवद्दता जनाएका छन् ।