दूध किसानलाई भुक्तानी दिने अर्थ मन्त्रालयको तयारी

काठमाडौं, चैत्र २ गते । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको छ । हाल रकम भुक्तानी नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका छन् । अहिले डीडीसीले दुग्ध किसानलाई १ अर्ब रुपैयां भुक्तानी गर्न बांकी भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झांले बताए ।

नीजि डेरीहरूबाट किसानले करिब ५ अर्ब रुपैयां भुक्तानी पाउन बांकी रहेको छ । गत पुससम्मको दुधको बांकी वक्यौता चैतमा पाउने सरकारसंग सहकारी किसानहरुको सहमति भएको थियो । दुधको पैसा नपाएपछि सहकारी किसानहरु दुधको पैसा पाउनुपर्ने माग गर्दै केही समय अघिदेखि आन्दोलनमा छन् ।