राष्ट्रिय भूमि आयोगले तोकेको राजश्व घटाउन माग

बुटवल, चैत ५ गते । रुपन्देहीको कञ्चन गाउंपालिकामा राष्ट्रिय भूमि आयोगले जग्गाको राजश्व बढी उठान लागेपछि बिरोध गरिएको छ । अव्यवस्थित जग्गाको राजश्व सोही जग्गाको मुल्य भन्दा राजश्व बढी उठाउन लागिएको भन्दै राजनीतिक दलहरुले बिरोध गरेका छन् । भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउन राज्यले भूमि आयोग गठन गरेको हो ।

रुपन्देहीको कञ्चन गाउंपालिकामा भूमि आयोगले चलन चल्तीको जग्गाको मुल्य भन्दा राजश्व बढी उठाने गरी सूचना निकालेपछि राजनीतिक वृत्तबाटै त्यसको बिरोध भएको छ । कञ्चन गाउंपालिकाका अध्यक्ष नवराज ढकाल, साविक रुद्रपुर गाविस अध्यक्ष लक्ष्मीकान्त पौडेलसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा सोमबार विज्ञप्ती जारी गरी भूमि आयोगले राजश्व बढी उठाएको भन्दै बिरोध जनाएका छन् ।

जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेताहरुले राजश्व बढी उठाएको विषयमा बिरोध जनाउंदै प्रमुख जिल्ला अधिकार मार्फत प्रधानमन्त्री र राष्ट्रिय भूमि आयोग रुपन्देहीलाई ज्ञापन पत्र बुझाएका छन् । अव्यवस्थित जग्गाको राजश्व घटाउन माग गर्दै ज्ञापन पत्र बुझाईएको साविक रुदपुर गाविसका अध्यक्ष लक्ष्मीकान्त पौडेलले जानकनारी गराउनुभयो । राष्ट्रिय भूमि आयोगका लागि राज्यले बनाएको नीति नै गलत भएको र अव्यवस्थित जग्गाको मुल्य भन्दा बढी राजश्व तिर्न नसकिने बताए ।
कञ्चन गाउंपालिका वडा नम्बर ५ मा रहेको १४ कठ्जा अव्यवस्थित जग्गाको राजश्वक १ करोड ५ लाख ५५ हजार बढी उठाउने गरी राष्ट्रिय भूमि आयोग रुपन्देहीले सूचना निकालेपछि उक्त सूचनाको राजनीतिक दलहरुले बिरोध गरेका हुन् । कञ्चन गाउंपालिकामा अव्यवस्थित एक कठ्ठा जग्गाको ८ लाखसम्म राजश्व उठाउने गरी राष्ट्रिय भूमि आयोगले सूचना जारी गरेको लक्ष्मीकान्त पौडेलले बताए ।

राष्ट्रिय भूमि आयोगले तोकेको राजश्व महंगो भएकाले तत्काल घटाएर ल्याउन माग गरिएको छ ।
यो विषयमा बुझ्नका लागि राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर क्षेत्रीलाई पटक– पटक मोवाइलमा सम्पर्क गर्न खोजेपनि अध्यक्ष हरिबहादुर क्षेत्रीको मोवाइल उठेन ।