सहमती कार्यान्वयन नभए आन्दोलन गर्ने ट्रक व्यवसायीको चेतावनी

बुटवल, बुटवल, चैत ११ गते । ओभरलोड सामान बोकेर नेपाल आउने भारतीय मालवाहक ट्रकलाई गन्तब्यमा पुग्न नदिने रुपन्देहकिा ट्रक व्यवसायीले बताएका छन् ।
भारतबाट मार्बललगायत सामान बोकेर बेलहिया नाका हुंदै काठमाडौं लगायत देशका विभिन्न ठाउंमा निर्वाद रुपमा चल्ने ट्रकलाई रोक लगाउनु पर्ने ट्रक व्यवसायीले सरकारसंग माग गर्दै आएका छन् ।

पोखरा जान हिंडेका ४ वटा ट्रकलाई रुपन्देहीका ट्रक व्यवसायीले भैरहवा भन्सार कार्यालय नजिकै गन्तब्यमा जान रोकेका थिए । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले भन्सारमा पल्टी गर्न र व्यवसायीसंग भएको सहमती कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने भनेपछि जरिवाना काटेर उक्त ट्रकहरुलाई छोडिएको हो ।

सरकारी निकायले नियमन नगरेकाले बाध्यताले भारतीय ट्रकलाई गन्तव्यमा पुग्नबाट रोकिएको ट्रक व्यवसायी लोकराज पोखरेल र यमप्रसाद पाण्डेले बताए । भारतीय मालबहाक गाडीले नेपालमा निर्वाध रुपमा ओभरलोड समान बोकेर देशका मुख्य शहरमा जांदा नेपाली ट्रक व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आएको ट्रक व्यवसायीको गुनासो छ ।
ट्रक व्यवसायीको पेशासंगै नोपलका सडक र पुलहरु जीण हुंदा पनि सरकारले यस विषयमा कुनै चासो नदिंदा यातायात व्यवसायी मारमा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए ।

गत पुस १२ गते रुपन्देही प्रशासन र यातायात व्यवसायीवीच पल्टी गर्न मिल्ने सामानहरु पल्र्टी गराई नेपाली मालबहाक सवारीमा पठाउने सहमती भएको थियो । तीन मिहना वितिसक्दा पनि प्रशासनसंग भएको उक्त सहमती कार्यान्वयन नभएको ट्रक व्यवसायीले बताएका छन् । प्रशासनसंग भएको सहमती नभएको र उक्त सहमती कार्यान्वयन नभए सडकमै सुतेर आन्दोलन गर्नुको अर्को विकल्प नभएको समितिका अध्यक्ष टिकारम गौमले बताए ।

प्रशासनसंग भएको सहमती कार्यान्वयनको माग गर्दै रुपन्देहीका ट्रक व्यवसायीले सहमती पालना नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
व्यवसायीका अनुसार भैरहवाबाट दैनिक डेढ सय ट्रकले काठमाडौं र पोखरा लगायतका ठाउंमा सामान ढुवानी गर्दा भारतीय ट्रक सयको हाराहारी र नेपाली ट्रकको संख्या ५० मात्र रहेको छ ।