पत्रकार महासंघको आयोजनामा बुटवलमा होली मिलन

बुटवल, चैत १२ गते । नेपाल पत्रकार महासंघ रुपन्देहीले सोमबार बुटवलमा होली मिलन कार्यक्रम गरेको छ । सधैजसो सामूहिक होली मिलन कार्यक्रम गर्दै आएको महासंले यस वर्षपनि सोमबार होली मिलन कार्यक्रम गरेको हो ।

पत्रकार महासंघ रुपन्देहीले विशेष कार्यक्रमको आयोजना गरी सामूहिक रुपमा होली पर्व मनाउंदै आएको छ । महासंले यस वर्ष पनि पत्रकार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र स्थानीय प्रशासनको सहभागितामा सोमबार होली पर्व मनाएको हो ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र विनोद परियारको सञ्चालनमा होली मिलन कार्यक्रम भएको हो । उक्त होली मिलन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, वयाध्यक्ष, विन्नि राजनीतिक दलका जिल्ला र नगर अध्यक्ष तथा कार्यकर्ता, प्रमुख जिल्ला अधिकार गणेश अर्याल, प्रहरी अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।