लुम्बिनीमा विराट चक्रविज्ञान तथा ध्यान

बुटवल, चैत १७ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकको उपस्थितीमा ध्यान सुरु भएको हो ।

एकसाथ ५ हजार जनाको उपस्थिती हुने दाबी गरिएको विराट चक्रविज्ञान तथा ध्यान ७ दिनसम्म सञ्चादन हुने छ । जीव विज्ञान परिषद्को आयोजनामा यही चैत्र २३ गतेसम्म हुने विराट चक्र विज्ञान विश्वमै ठूलो संख्यामा आयोजना गर्न लागिएको हो ।

जीव विज्ञान परिषद लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिने जानकारी गराए । जीव विज्ञान परिषद लुम्बिनीका संयोजक केशव खनालका अनुसार यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियमा आयोजना हुंदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको र यो नै पहिलो र ठूलो कार्यक्रम हो ।
कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको छ । गौतम बुद्धको अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमबाट विश्व शान्तीका अग्रदूत गौतमबुद्धको जन्मस्थल र गौतमबुद्धले दिएका ध्यान शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।