मेटल फेव्रीकेशन व्यवसायी संगठित, अध्यक्ष सन्तबहादुर कंवर

बुटवल, चैत १८ गते । रुपन्देहीमा मेटल फेब्रिकेशन व्यवसायी संगठित भएका छन् । व्यवसायीले मेटल फेब्रिकेशन एसोसियसन रुपन्देही गठन गरेका छन् । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवनको उद्घाटनका साथै प्रथम साधारण सम्पन्न भएको छ ।

प्रथम साधारण सभाबाट संस्थाका संस्थापक अध्यक्ष सन्तबहादुर कवंर सन्तोष अध्यक्ष रहेको मेटल फेब्रिकेशन एसोसियसन रुपन्देही गठन गरिएको छ । साधारण सभाबाट उपाध्यक्षमा मेघबहादुर घिमिरे, कोषाध्यक्षमा किसनबहादुर केसी, सचिबमा विश्वनाथ पाण्डे सह–सचिबमा अमृता गौतम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जगदिश चौधरी थारु, कृष्णप्रसाद ढकाल, सुरेश केसी, राधा पौडेल रहेका छन् । लेखा समितिको संयोजकमा यादव पाण्डे (क्षितिज) र सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, सुवास भट्टराई निर्वाचित हुनुभएको छ । एसोसियसनको कार्यालय तिलोत्तममा स्थापना गरिएको छ ।


कार्यालय र प्रथम साधारण सभाकोे उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले उद्घाटन गरेका हुन् । साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले व्यवसायीका समस्या सहजीकरण गरी व्यवसायीलाई व्यवस्थित गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्वता जनाए ।

अहिलेको अवस्थामा साना, ठूला र मझौला खालका व्यवसायी विस्थापितको अवस्थामा रहनु देशको लागि दुख्द पक्ष भएको उल्लेख गर्दै सबै प्रकारका व्यवसायीका समस्या समाधान गर्न तिलोत्तमा नगरपालिका साझेदारी गर्न तयार रहेको बताए । व्यवसायलाई पुरानै लयमा ल्याएर बजारलाई चलायमान गराउने विषयमा स्थानीय सरकार व्यवसायीको पक्षमा रहेको नगर प्रमुख खांणले बताए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले मेटल फेव्रीकेशन एसोसियसनलाई नगरपालिकाले सधै साथ दिने बताउंदै आफ्नो पेशा व्यवसायीप्रति ढुक्क भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

मेटल फेव्रीकेशन एसोसिएसनका सस्थापक अध्यक्ष सन्तबहादुर कंवर सन्तोषको अध्यक्षता र सचिव विश्वनाथ पाण्डेयको सञ्चालन र शंकर केसीको स्वागतमा कार्यक्रम भएको थियो ।