परमानन्दको स्मृतिमा पत्रकारिता पुरस्कार

बुटवल, चैत २३ गते । रुपन्देहीमा स्वर्गीय परमानन्द खरेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । प्रेस चौतारी रुपन्देही र स्वर्गीय परमानन्द खरेलका परिवारबीच पत्रकारिता पुरस्कार स्थापनाका लागि शुक्रबार सम्झौता गरिएको छ । नेकपा एमाले रुपन्देहीका तत्कालिन प्रचार बिभाग प्रमुख स्वर्गीय परमानन्द खरेलको स्मृतीमा प्रेस चौतारी रुपन्देहीले स्थापना गर्न लागेको जनपक्ष्ीाय पत्रकारीता पुरस्कारका लागि सम्झौता भएको हो।

पुरस्कारको कोष स्थापनाका लागि स्वर्गीय परमानन्द खरेलको तर्फबाट स्वर्गीय खरेलकी धर्मपत्नी रेनुका खरेल, उनका छोरा किरण खरेल एवं नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम र प्रेस चौतारी रुपन्देहीका तर्फबाट प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल उपाध्यक्ष भगवती पाण्डे, सल्लाहकार मोहन चापागाई र दिनेश पाण्डेले हस्ताक्षर गरेका छन् ।
पुरस्कार कोषमा परमानन्द खरेलको परिवारका तर्फबाट पहिलो चरणमा एक लाख र प्रेस चौतारी रुपन्देहीको तर्फबाट एक लाख थप गरी २ लाखको कोष बनाउने सम्झौता भएको हो।
उक्त कोषमा क्रमश बृद्धी गर्दै लैजाने र कम्तीमा ५ लाख रुपैयाँ कोषमा पुराई बर्षमा ५० हजार बराबरको पुरस्कार बितरण गर्ने सहमती भएको पे्रस चौतारी रुपन्देहीका अध्यष लक्ष्मण पौडेलले जानकारी गराए ।
अध्यक्ष पौडेलका अनअुसार संयुक्त रुपमा सञ्चालन हुने परमानन्द खरेल स्मृती अक्षयकोषको ब्याजबाट मुलकको बिकास र समृद्धीसँगै जनपक्ष्ीाय पत्रकारीता गर्ने एक बर्षमा एकजना रुपन्देहीका श्रमजीवि पत्रकारलाई बितरण गरीने छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का स्थायी बासिन्दा स्वर्गीय खरेलले नेकपा एमालेको प्रचार बिभागमा रहँदा पत्रकारीताको बिकासमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

रुपन्देही उद्योग संघका तत्कालिन अध्यक्षसमेत रहेका खरेलको सम्मानमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले रुपन्देहीका उद्योगीहरुमा समेत प्रेरणा र सम्मान भएको रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी ईन्चार्ज मोहन चापागाईले परमानन्द खरेलको स्मृतीमा स्थापना गरिएको पत्रकारिता पुरस्कारले एउटा असल राजनितीकर्मीको सम्मान भएको बताए ।