लुम्बिनीका मुख्यमन्त्री महाराले पाए विश्वासको मत

दाङ, चैत ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको प्रदेशसभा सचिचवालयले बताएको छ । महरालाई पांच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यले पक्षम मत दिएका हुन् ।

मुख्यमन्त्री महरालाई महारा निकट नेकपा माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।
महरालाई गठबन्धनका दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थन छ ।

प्रदेशसभाका ८७ मध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीले तीन जना मन्त्रीसमेत नियुक्त गरिसकेका छन् ।
एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनेका छन् । नेपाली कांगे्रसले विपक्षमा छ, भने एक सांसद रहेको राष्ट्रिय जनमोर्चा तटस्थ छ ।