लुम्बिनीका मन्त्री जिम्मेवार विहिन
बुटवल, बैशाख २ गते । गत चैत २३ गते नयउां मुख्यमन्त्री पाएको लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकार गठनको एक साता बितिसकेको छ । तर मन्त्रिपरिषद्दे पूर्णता पाएको छैन । मन्त्रालय भागबन्डामा गठबन्धन दलबीच सहमति नबन्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
२५ चैतमा मुख्यमन्त्री महराको शपथसँगै एमाले, माओवादी र जसपाबाट एक–एकजना मन्त्री नियुक्त गरेपनि उनीहरुले अझै जिम्मेवारी पाएका छैनन् । एमालेका चेतनारायण आचार्य, माओवादीका दीपेन्द्रकुमार पुनमगर र जसपाका भण्डारीलाल अहिर मन्त्री नियुक्त भैसहेका छन् ।
एमाले संसदीय दलका उपनेता एवं एमालेबाट नेतृत्व गरेर सरकारमा सहभागी मन्त्री चेतनारायण आचार्यले एक साताभित्र समिति र मन्त्रिपरिषद्लाई पूर्णता सिदे गरी दलहरूबीच छलफल भैरहेको बताए ।
प्रदेश सभाका संसदीय समिति एक वर्ष पहिलेदेखि नेतृत्वविहीन छन् । लुम्बिनीमा ६ वटा समिति रहेका छन् । नयाँ गठबन्धनले ६ वटामध्ये दुईवटा समितिको नेतृत्व कांग्रेसलाई दिने गरी तयारी भएको बताईएको छ ।
लेखा र कृषि समिति कांग्रेसलाई दिने तयारी छ । अन्य समितिको सभापतिका बारेमा गठबन्धनको छलफलबाट टुंगो लगाइने छ । एमालेले तीन र माओवादी केन्द्रले दुईवटा सभापति लिने गरी छलफल भएको एमालेका उपनेता तथा मन्त्री चेतनारायण आचार्यले जानकारी गराए ।