लुम्बिनीमा मन्त्रालय बांडफाड

बुटवल, बैशाख ६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज बिहीबार सरकार बिस्तार गर्दै छन् । संसदको विषयगत समितीको सभापति टुंगिएपछि मुख्यमन्त्री महराले सरकार बिस्तारको तयारी गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बांडफांडमा भागबण्डामा सहमति भएको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलहरूको बैठकले मन्त्रालय बांडफांट टंगाएको एमाले संसदीय दलका उप नेता चेतनारायण आचार्यले जानकारी गराएका छन् ।

सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप ३, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय लिने गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको छ ।
एमाले संसदीय दलका उप नेता आचार्यका अनुसार आज सांझसम्म बजे सपथ कार्यक्रमका लागि प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराईएको छ । कुन मन्त्रालय कसले लिने विषयमा आज दिनभर छलफल गरी साँझसम्म टंगो लाग्ने छ ।