बुटवलको जीतगढी किल्लामा मनाईयो विजय उत्सव

बुटवल, बैशाख ७ गते । आधुनिक अतियारले सजिएको अंगे्रज फौजलाई युद्वमा परास्त गरी नेपाली फौजले जितेको बुटवलको जीतगढी किल्लामा विजय उत्सव मनाईयो । विक्रम सम्बत् १८७१÷७२ मा विश्व विजयको अभियान लिएर हिंडेको अंग्रेज फौजलाई यद्व कला र कौशलसंगै घरेलु हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।

आधुनिक हतियारसहितको अंगे्रज फौजलाई परास्त गरेको बैशाख ७ गतेको स्मरण गर्दै खुशीशालीमा हरके वर्ष जीतगढी विजय उत्सव मनाउने गरिएको छ । हरेक वर्ष जस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाले विजय उत्सव मनाउएको हो । बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झांकी ¥याली पुल्चोक गणेशमन्दिर हुंदै जीतगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जीतगढी किल्लालाई अन्तरर्राष्ट्रिय स्तरमा प्रचार– प्रसार गरी पर्यटक भित्राउन सकिने बताए । उनले बुटवलमा रहेको जीतगढी किल्ला महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्वनमा संघीय सरकारले विशेष चासो दिनुपर्ने प्रदेश प्रमुख शेरचनले बताए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जीतगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवद्र्वन गरिएकोे बताउंदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न सरकारसंग माग गरे । जीतगढी किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रुपमा स्थापित गर्न नगरले भरपूर प्रयास गरिरहेको बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रुपमा रहेको जीतगढी किल्लाको संरक्षण र प्रवद्र्वनमा सबैको साथ सहयोग चाहिने बताईन ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै बुटवलमा रहेको जीतगढीको प्रवद्र्वन र प्रचार– प्रसारमा तीब्रता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जीतगढी किल्लाको प्रवद्र्वनमा योगदान पु¥याउने निर्मल श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकारहरु महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, आम्दा अस्पतालका मेसु डा. विनोद पराजुली, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापा, झपेन्द्र जीसी, कुलबहादुर केसी, क्याप्टेन किसनबहादुर थापा, गंगाबहादुर क्षेत्री, जगत पौडेल, मनोज गौचन, महेन्द्र राजभण्डारी, माधव नेपाल, जमदार माधव पौडेललाई सम्मान गरिएको छ । ऐतिहांसिक दस्तावेजअनुसार सन् १८१४ नोभेम्बर १ मा बुटवल र स्युराजको विषयमा किचलो उठाई अंग्रेज तत्कालीन इष्ट इण्डिया कम्पनीले नेपाल विरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो ।
बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार बेलायती सेना र तीन हजार हिन्दुस्तानी फौज लिएर तम्तयार भएका थिए । जनरल अक्टर लोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने उदेश्यले अंग्रेजले नेपालतर्फ सेना पठाएको थियो । बुटवल कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो ।
अंग्रेज फौज जीतगढी आइपुगेपछि नेपाली सेनासंग घमासान युद्ध भएको थियो । सो युद्धमा सेनाको टोलिले ठूलो क्षति बेहोरेर फिर्ता भएको थियो । आक्रमणबाट जितगढी किल्लाको उत्तरतर्फ रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भएपनि किल्लाभित्र लुकेर बसेका नेपाली सेनाले अंग्रेजमाथि आक्रमण गरेर विजय हासिल गरेका थिए ।