ओलीले गल्ती स्वीकारे – घनश्याम

बुटवल, बैशाख ८ गते । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओली विगतका गल्तीहरु स्वीकारेपछि अहिलेको गठबनधन भएको बताएका छन् ।
आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने एमालेका अध्यक्ष केपी ओली सच्चिएपछि गठबन्धन भएको बताउंदै एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलबीच एकता भएर बलियो शक्ति बन्ने दावी गरे ।

समाजवादी प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै वामपन्थी एकताका लागि माओवादी केन्द्र माओवादबाट माथि उठ्नुपर्ने र एमाले व्यक्ति पूजाबाट माथि उठ्नुपर्ने बताए ।
नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको उल्लेख गर्दै अब २०८४ को चुनाव अघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लव सहितका वामपन्थी दलहरुबीच एकता हुनसक्ने तर्क छ ।

आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने महासचिव भुसालले दावी गरेका छन् । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद वैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा ओलीले आफ्नो पार्टीले उठाउंदै आएका एक दर्जन एजेण्डालाई नक्कल गरेको भुसालको दावी छ ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डेले राजनीतिमा निरास हुन नहुने बताउंदै केही भएको छैन भन्नु कमजोरी हो भन्दै देशमा केही परिवर्तन भएको बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्याम पाखरेल, पे्रस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, पे्रस युनियन रुपन्देही सभापति कविन्द्र नेपाल, पे्रस सेन्टर रुपन्देही अध्यक्ष विष्णु पोखरेल, प्रगतिशील पत्रकार संघ रुपन्देही अध्यक्ष विरेन्द्र कुवंर लगायतल बोल्दै पेशागत रुपमा पत्रकारितालाई मर्यादित, विश्वासनियता र जनमुखि बनाउनु पर्नेमा जोड दिनुभयो ।
समाजवादी पे्रस संगठन रुपन्देहीले उषाकिरण पन्थ र अस्मिता अधिकारीलाई सम्मान गरेको छ । समाजवादी पे्रस संगठन रुपन्देही अध्यक्ष विनोद परियारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।