थाईल्याण्डमा लुम्बिनी विकास कोषको श्रद्धाञ्जली अर्पण

लुम्बिनी, बैशाख ११ गते । बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय थाई विहारका प्रमुख भन्ते सुफोद र थाइल्याण्डको नेपाल–भारत हेर्ने धर्मदुतको आमाको निधनमा लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको छ ।

७७ बर्षिय स्व. योम सुफानको निधनको ७ औं दिन सोमबार नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्यले श्रद्धाजली अर्पण गरेका हुन् ।

थाइल्याण्ड स्थित बिहार बैंककदेखि ४ सय किलोमिटर पूर्व सुरथमा पूगी श्रद्धाञ्जली अर्पण गरिएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी गराएका छन् ।
राजकीय सम्मानसाथ गरिएको श्रद्धाञ्जली सभामा लुम्बिनी बिकास कोष र नेपालको प्रतिनिधित्व गरि परिवारजनहरू प्रति समवेदना प्रकट गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।
यसैवीच थाईल्याण्डकी प्रमुख प्रतिपक्षी दलका नेता सुधारथसंग पनि भेट गरी लुम्बिनीको विकासका सन्दर्भममा छलफल गरिएको भट्टराईले बताए । कोषाध्यक्ष भट्टराईका अनुसार थाईल्याण्डको नर्थ बैककमा रहेको प्रसिद्ध बौद्द धार्मिक संस्था धम्मकायाको विहार प्रमुख भिक्षु लुजिपो धम्मकायोको औ जन्मदिवस समारोहमा समेत सहभागी भएका छन् ।