जंगलमा लागेको डढेलोका कारण त्रास कायमै

बुटवल, बैशशख १२ गते । सुख्खायामका कारण केही दिन यतादेखि देशका विभिन्न ठाउंमा आगोलागीका घटनाहरु बढेका छन् । आगोलागीका घटनाबाट सयौं घर गोठ जलेर नष्ट हुंदा करोडौको भौतिक क्षती भएको छ । चर्को गर्मी र हावाहुरीसंगै लागेको आगलागीका कारण अर्घाखांची, गुल्मी, प्यूठान, रुपन्देही, रोल्पा लगायतका जिल्लामा करोडौंको धनमाल जलेर नष्ट भएको छ ।

प्यूठान, गुल्मी र अर्घाखांचीमा वनमा लागेको आगो वस्तीमा पसेर घरवास र गोठमा लागेको आगोले ठूलो भौतिक क्षती भएको छ, भने कैयौ घरपपिरवार घरवासविहिन भएका छन् । दर्जनौं पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् । बस्तीमा आगो प्रवेश गरेपछि गुल्मीको इस्माका सर्वसाधारणले बारीमा बसेर ज्यान जोगाएका थिए । स्थानीयलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था छ ।

डढेलोका कारण खानेपानीका पाइप जलेपछि गाउंमा खानेपानीको समेत अभाव अभाव भएको छ । घरगोठमा आगोलागी नष्ट भएपछि गुल्मीमा १३ घरपरिवार घरविहिन भएका छन् । त्यस्तै प्यूठानका विभिन्न जंगलहरुमा पनि आगो लागेको छ । झिमरुक गाउंपालिका वडा नम्बर ३ को विभिन्न वस्तीमा आगोलागी भएपछि लाखौको क्षती भएको छ ।
वस्तीमा लागेको आगो नियन्त्रण भएपनि वस्तीसंगै जोडिएका जंगलहरुमा लागेको आगो प्यूठान, गुल्मी र अर्घाखांचीका केही जंगलमा अहिले पनि लागिरहेको छ ।

प्यूठानको बाग्दुला बजारमाथि जंगलमा आगोलागी हुंदा नजिकको वस्ती वसोवास गर्नेहरु समस्यामा परेका छन् । आगो नियन्त्रण भन्दा बाहिर भएकाले स्थानीय त्रासमा छन् ।
वस्ती नजिकै रहेको र जंगलमा आगो लागिरहेकाले सचेत भएर बस्न झिमरुक गाउंपालिकाका उपाध्यष प्रमोद पोखरेलले स्थानीयलाई आग्रह गरेका छन् ।

आगोलागीबाट प्यूठान नगरपालिका ६ गुरुङगाउं, बरबोटमा ४ वटा घर, १३ वटा गोठ जलेर नष्ट भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी गराएका छन् । आगोलागी नियन्त्रणको प्रयास भैरहेको प्यूठानका प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले जानकारी गराएका छन् ।