बझाङमा एमालेका दमनबहादुर विजयी

बुटवल, बैशाख १७ गते । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । केहीबेर अगाडी  सकिएको मतगणनामा एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले बताएको छ ।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत पाएका छन् ।