ओलीका कारण गठबन्धन खतरामा – घनश्याम

बुटवल, बैशाख २२ गते । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको गठबन्धन ओलीकै कारण खतरामा रहेको बताएका छन् । एमाले अध्यक्ष ओली आएपछि सम्झौता, सहमती उलंघन भैरहेको बताउंदै ओलीका कारण गठबनधनमा क्षती हुन सक्ने बताए ।
नेकपा एकीकृत समाजवादीले भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव भुसालले केपी ओली पार्टी भित्रको अन्तरविरोध र पार्टी भित्रको प्रश्नले थाकेपछि गठबन्धन बनेको बताए ।

महासचिव भुसालले प्रचण्ड र ओली दुवै थाकेर बनेको गठबन्धनमा आफुहरु पनि सहभागी बनेको बताउंदै भने – विगतमा कांग्रेसंगको गठबन्धनमा आफुहरुको भूमिका हस्तक्षेपकारी नभएको र अहिले झगडा गर्ने अवस्थामा आइपुगेको छ ।समाजवादीले धक्का खाने जति खाइसकेको र अब धक्का खाने ठाउं नरहेकाले ऐजेन्डाबाटै विचारको नेतृत्व गर्ने महासचिव भुसालको दावी छ । एमाले आफुहरुले बनाएको पार्टी भएको भन्दै ओली सुध्रीएको हो की भन्ने लागेको उनले बताए । उनले कम्यूनिष्ट आन्दोलन नयां तरिकाले अगाडि बढ्ने तर्क गरे । नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछि नेपालका कम्युनिष्ट पार्टीभित्र सैद्धातिक, बैचारीक भुईचालो जाने उनको दावी छ ।

महासचिव भुसालले आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनबाट भुईचालोका रुपमा ऐजेन्डा ल्याउंछौ भने महाविधेशनपछि नेपालका कम्युनिष्ट पार्टीहरुलाई धु्रविकृत गराउने बताउंदै विचार, सिद्धान्त र कार्यक्रमले आफुहरु ठिक ठाउंमा रहेको दावी गरे । महासचिव भुसालले प्रचण्ड र केपी ओली दुवै थाकेर बनेको गठबन्धनमा आफुहरु पनि सहभागी भएको बताए । विगतमा कांग्रेसंगको गठबन्धनमा आफुहरुको भूमिका हस्तक्षेपकारी नभएको र अहिले झगडा गर्ने अवस्थामा आइपुगेको महासचिव भुसालको भनाइ ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव हरि पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, पार्टीका केन्द्रिय सदस्य बाबुलाल यादव, रुपन्देहीका कार्यबाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिनबहादुर गुरुङ, उपसचिव टंक पोखरेल, विजय लक्ष्मी राय लगायतले बोलेका थिए ।