मानव कल्या मित्र मञ्चको अक्ष्यकोषका लागि होमनाथ पौडेलद्दारा एक लाख बढी सहयोग

बुटवल, बैशाख २३ गते । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मानव कल्या मित्र मञ्च नेपालले अक्ष्यकोष स्थापना गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील मानव कल्याण मित्र मञ्च नेपालले महिला र बालबालिकाको क्षेत्रमा काम गर्नका लागि अक्ष्यकोष स्थापना गरेको हो ।

२०७५ साल चैत्र ९ गते रुपन्देहीको तिलोत्तममा स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले एक करोडको अक्ष्यकोष स्थापना गर्ने लक्ष्य राखेको छ । हालसम्म अक्ष्यकोषमा २५ लाख रुपैंया रहेको मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराए । अक्ष्यकोषका लागि रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामका होमनाथ पौडेलले रु १ लाख १ हजार १ सय रुपैयां प्रदान गरेको मानव कल्या मित्र मञ्च नेपालका कोषाध्यक्ष शालिकराम गौतमले बताए ।

भारतमा अलपत्र परेका नेपालीलाई उद्वार गर्ने र असहाय गरिब तथा विपन्न महिला, बालबालिकालाई सहयोग गरेको देखेपछि अक्ष्यकोषका लागि आफुले आर्थिक सहयोग गरेको सहयोगदाता होमनाथ पौडेलले बताए ।

मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले मानवीय क्षेत्रमा काम गर्नेगरी संस्था स्थापना गरिएको र बालबालिका, वृद्ववृद्वा, शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा विनासर्त काम गरिएको बताउंदै उनले भने – मानवीय कामका लागि संस्थालाई अझै सक्रिय बनाउंछौ ।

मञ्चका संरक्षक पुरुषोत्तम भट्टराई, सल्लाहाकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, कोषाध्यक्ष शालिकराम गौतम, सह–सचिव तिर्थराज पौडेलले भारतमा अलपत्र परेका नेपालीलाई उद्वार गर्ने काम नै मानवीय धर्म भएको बताए ।

मानव कल्या मित्र मञ्च नेपालले भारतमा आलपत्र परेका दर्जन बढी महिला र बालबाललिका उद्दार गरी आफन्त तथा घरपरिवारलाई बुझाएको छ । गैर सरकारी र गैर राजनीतिक मानव कल्या मित्र मञ्च नेपाल तिलोत्तमा २ बाट सञ्चालित छ । यसले महलिा, बालबालिकाको क्षेत्रसंगै शिक्षा, स्वास्थ्य खानेपानी र सरसफाईको क्षेत्रमासमेत काम गर्दै आएको छ ।