बुटवलमा अबैध काम गर्ने भारतीय पक्राउ

बुटवल, बैशाख २४ गते । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।
पछिल्लो समय बुटवलको कालिकानगरको होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई ईलाका प्रहरी कार्यालय बुटवल प्रहरीले सोमबार प्रकाउ गरेको हो ।

पक्राउ परेका युवाहरुले फल्याट भाडामा लिएर अवैध गतिविधि गरको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको थियो ।
प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोवाईल लगायतका सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय प्रक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको बताए ।