राजमो कपिलवस्तुका स्थानीय नेताको निधन

केयरसिंह अदै
कपिलवस्तु, बैशाख २६ गते । कपिलवस्तु, शिवराज नगरपालिका वडा नम्बर ३ मधवा निवासी नाथु थारुको निधन भएको छ । शिवराज तीन को बेल नदी घाटमा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब केयरसिंह अदैले राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली अर्पण गरेका छन् ।

स्व. नाथु थारु पञ्चायत कालदेखि नै कम्युनिष्ट पार्टीमा निरन्तर लागेर काम गर्दै आएका स्थानीय नेता हुन् । श्रदाञ्जली समामा उनको संक्षिप्त इतिहास, पारिवारिकबारे अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसीले जनाकारी गराउंदै नाथु थारुको निधनले कम्युनिष्ट आन्दोलनमा क्षती पुगेको बताएका छन् । उहाँले नाथु थारु किसान आन्दोलनमा सरिक एक इमान्दार र कर्तव्यनिष्ट स्थानीय नेता हुन् ।

बुधबार अन्तिम दाहास.सकार गर्नुअघि एक मिनेट मौनधारण अन्तिम दाहासंस्कार गरिएको थियो । श्रदाञ्जली सभामा जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विक, राष्ट्रिय जनमोर्चा शिवराज ३ का वडा अध्यक्ष श्यामप्रकाश खनाल, राष्ट्रिय जनमोर्चा मधावा गाउँ समिति अध्यक्ष रामप्रसाद कामी, जातीय समता समाज शिवराज नगर समिति अध्यक्ष मोहन विक, राजमो सदस्य सिद्धिमान केसी लगायतले श्रदाञ्जली अर्पण गरेका थिए ।

स्व. नाथु थारुका तीन भाई छोरा छन् । थारुको जन्म २०१७ सालमा भएको हो, ६४ वर्ष मा उनको बुधबार निधन भएको हो ।