स्थानीय अनुदान कटौती भए सिंहदरवार घेर्ने चेतावनी

बुटवल, बैशाख २७ गते । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय सरकारलाई दिने अनुदान कटौती गरे सिंहदरवार घर्ने बताएका छन् । केन्द्रिय सरकारसंग भएको सम्झौता अनुसार समानीकरण अनुदान निकास नभएको बताउंदै अनुदान निकासा नभएर कटौती नै भए सिंहदरबार घेर्ने आन्दोलनको अर्को विकल्प नभएको सरकारलाई चेतावनी दिए ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । निलकण्ठ नगरपालिकाका प्रमुख ढुंगानाले प्रधानमन्त्री पुुष्प कमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक– पटक रकम निकासाका लागि आग्रह गरेपनि कुनै सुनुवाई नभएको गुनासो गरे ।

अब जेठ पहिलो हप्तासम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरुले सिंहदरबार घेर्ने चेतावनी दिंदै उनले भने अभिभावक बनेको सरकारले अनुदान कटौती गर्दा विकासका कामहरु प्रभावित भैसकेका बताउंदै उनले भने – यदी जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्ताबाट सिहंदरबार केन्द्रीत आन्दोलन शुरु हुन्छ ।

अध्यक्ष ढगांनाले स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई आन्दोलनका लागि काठमाडौमा जानुपर्ने अवस्था आएमा तयारी अवस्थामा रहन आग्रह गरेका छन् । उनले संघीय र प्रदेश सरकारलाई संविधान विपरित नजान चेतावनी दिंदै स्थानीय सरकारहरुसंग भएका सम्झौता कार्यान्वयन नभएमा जनताको साथ स्थानीय सरकारलाई हुने बताए ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कायृक्रम भएको थियो ।