स्मृतिमा निर्मल लामा

बुटवल, २८ बैशाख । कम्युनिष्ट नेता निर्मल लामाको २४ औं स्मृति दिवस मनाईएको छ । कम्युनिष्ट नेता लामाको स्मृतिमा बुटवलमा पनि लामाको स्मृति दिवस मनाईएको छ । निर्मल लामा स्मृति प्रतिष्ठान रुपन्देही शाखाले एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो ।

स्मृति दिवस कार्यक्रम नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हकिकुल्ला खांले निर्मल लामा जस्ता वर्गीय आन्दोलनका अगुवाबाट मात्र समाज परिवर्तन हुन सक्ने उल्लेख गरे । वर्ग संघर्षबिना समाज रुपान्तरण र वैज्ञानिक समाजवादसम्म पुग्न नसकिने खांले बताए । समाजवादसम्म पुग्न मौखिक आदर्शले मात्र नहुने भन्दै उनले साच्चै ब्यवहारमै कम्युनिष्ट नेता बनेर बर्गिय आन्दोलनमा लाग्ने कुरा कठिन हुने बताए ।

कम्युनिष्ट पार्टीले बर्गियतालाई कहिल्यै भुल्न नहुने बताउंदै उनले भने – निर्मल लामा जस्ता कम्युनिष्ट नेताहरुको योगदानले देश रुपान्त्रण भएको भन्दै लामाप्रति श्रद्धासुमन ब्यक्त गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले निर्मल लामा कम्युनिष्ट आन्दोलनका धरोहर रहेको भन्दै उनको आदर्शलाई कप्युनिष्टहरुले पालना गर्नुको विकल्प छैन भने ।
प्रतिष्ठानका उपाध्यक्ष सोमनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कम्युनिष्ट अगुवाहरु प्रमे सुवेदी, लालबहादुर थापा, मनोज राना, पत्रकार यानेन्द्र जीसी लगायतले बोल्दै स्वर्गीय लामाको योगदानको चर्चा गर्दै स्व. लामाप्रति श्रदासुमन प्रकट गरेका थिए ।