महिला भलिबल प्रतियोगिताको उपाधि बुटवललाई

बुटवल, बैशाख २९ गते । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई २५–९,२५–८ र २५–१४ को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा तिलोत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वोदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ । उपाधिसंगै बुटवलले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिलोत्तमाले नगद ३० हजार, तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वोदनले नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया लगायतले पुरस्कार तथा सहभागीताको प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको कार्यक्रम संयोजक सेरजंग गुरूङले बताए ।

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।