जसपा सरकारबाट बाहिरियो

काठमाडौं, बैशाख ३१ गते। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र मन्त्री दीपक कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र पठाएका छन्।


दुवैले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन्। अशोक राई नेतृत्वमा ६ जना सांसदसहितले पार्टी विभाजन गरेपछि त्यसको असर केन्द्र र प्रदेशका सरकारहरूमा पनि देखिन थालेको हो।

मधेस प्रदेशमा हिजो (आइतबार) जसपा नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो। लगत्तै अन्य ४ दल मिलेर सरकार बनाउने कसरत अघि बढेको छ।