भारतमा रोजगारी गर्ने नेपाली एकता समाजमा संगठित

खिमराज चालिसे

भारत, बैशाख ३१ गते । रोजगारीका लागि भारत गएका प्रवासी नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित भएका छन् ।

भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तीनओटा टोल समितिमा नेपाली संगठित भएका हुन् । नगरस्तरीय संगठन विस्तार अभियानलाई तीव्रता दिँने क्रममा मे ११ र १२, २०२४ का दिन सो समितिहरू गठन भएका हुन ।

जहारनगर टोल समिति

मे ११, २०२४ शनिबारका दिन केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सिटी एरिया समिति (ए) अन्तर्गत जहारनगरको भेला सम्पन्न भएको छ ।
मूल प्रवाहको विधान र घोषणापत्रबारे गहन छलफलपछि भेलाले जीवन सोमरे अध्यक्ष रहनुभएको ११ सदस्यीय टोल समिति गठन भएको छ ।
समितिको सचिवमा कमला छहरी, कोषाध्यक्षमा सीता विक र सदस्यहरूमा श्याम छहरी, कुशल छहरी, कुमारी छहरी, कमल विक, शम्भु सोमरे, पार्वती छहरी, शङ्कर छहरी तथा एक स्थान रिक्त राखिएको छ ।

समितिलाई बधाई तथा शुभकामना दिने वक्ताहरूमा क्षेत्रीय सदस्य लालबहादुर चुदाली र सुरेश क्षेत्री, नगर अध्यक्ष बाबुराम पोख्रेललगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम कमला छहरीको सञ्चालन तथा श्याम छहरीको अध्यक्षतामा सम्पन्न भएको हो भने जीवन सोमरेले स्वागत मन्तव्य व्यक्त गरे ।

मोडल टाउनमा दुईओटा टोल समिति

त्यस्तै, नगर अध्यक्ष बाबुराम पोख्रेल, महिला नगर संयोजक सीता पोख्रेल, क्षेत्रीय सदस्य सुरेश क्षेत्री र लालबहादुर चुदाली तथा नगर सदस्य विष्णु गौतमको पहलमा मोडल टाउनमा भेला सम्पन्न भएको थियो ।
मे १२ आइतबारका दिन सम्पन्न उक्त भेलोले दुईओटा टोल समिति गठन गरेको छ । मोडल टाउन ए टोल समिति हरि गाहाको अध्यक्षतामा ११ सदस्यीय रहेको छ ।
समितिको सचिवमा अनिसा बिसी, कोषाध्यक्षमा दूरमाया गाहा, दस्यहरूमा यज्ञप्रसाद भुर्तेल, मीना परियार, पदम बहादुर, मिलराज बिसी, माया भुर्तेल, लालबहादुर, तुल्सी तथा एक स्थान रिक्त राखिएको छ ।

त्यसैगरी, मोडल टाउन बी टोल समितिमा गोमा कुमाल अध्यक्ष रहनुभएको छ । समितिको सचिवमा पदम कुमाल, कोषाध्यक्षमा मालती कुमाल, सदस्यहरूमा राजन कुमाल, लक्ष्मी कुमाल, गोमा कुमाल, कमला कुमाल, सबिता राना, हुमबहादुर कुमाल, देवबहादुर, सुरेश क्षेक्री तथा एक स्थान रिक्त राखिएको छ ।