आस्थाको आधारमा भेदभाव नर्गन पत्रकार महासंघलाई प्रगतिशीलको आग्रह

बुटवल, बैशाख ३ गते । प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव नर्गन आग्रह गर्दै आस्थाकै आधारमा भेदभाव गरिए संघर्ष गर्ने बताएको छ । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठकबाट महासंघको नामावलीमा भेदभाव गरिए संर्घष गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ जेठ २ गते बिहीबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ । विज्ञप्तिमा क्रियाशील पत्रकारको सदस्यता कायम गर्नुपर्ने, नयाँ पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गर्नुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्नेमा जोड दिइएको छ ।
महासङ्घ चुनावको सन्दर्भमा वामपन्थी र प्रजातान्त्रिक पत्रकार सङ्गठनसित सहकार्य गर्न सकिने निर्णय भएको बताइएको उक्त वक्तव्यमा वार्ता, सहमति, समन्वय र सहकार्यका लागि अध्यक्ष पोखरेलको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उल्लेख छ ।

प्रेसविज्ञप्तीको पूर्णपाठ

“प्रगतिशील पत्रकार संघ नेपालको २०८१ जेठ २ गते बुधबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासङ्घको शुद्धीकरण अभियान र चुनावसित सम्बन्धित निम्न निर्णय गरेको जानकारी गराउँछौँ ।
१. हाम्रो सङ्गठन नेपाल पत्रकार महासङ्घमा सदस्यता शुद्धीकरणको आवश्यकतालाई स्वीकार गर्दछ । त्यसैले हामी महासङ्घको शुद्धीकरण अभियानफ्रति नीतिगत समर्थन व्यक्त गर्दछौँ तर शुद्धीकरणको त्रममा कपिलवस्तु, बागलुङ, अर्घाखाँची, बाँके, दाङ, प्युठान, सुर्खेतसहित देशका विभिन्न जिल्लामा हाम्रो सङ्गठनका क्रियाशील पत्रकारहरूलाई पनि हटाउन फ्रस्ताव गरिएको छ । यदि महासङ्घको सदस्यता शुद्धीकरणको क्रममा हाम्रो सङ्गठनमा आबद्ध त्रियाशील पत्रकारहरूप्रति आस्थाको आधारमा भेदभावपूर्ण व्यवहार अपनाउँदै सदस्यता खारेज गरिएमा यस्तो नामावली हाम्रो सङ्गठनले स्वीकार गर्ने छैन । केन्द्रीय समितिको बैठकले त्यसको विरोध गर्दै तत्कालै सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

२. पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणको मूल मर्मलाई पक्रेर कसैप्रति आग्रह वा दूराषय नराखी निष्पक्ष प्रकारले क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ पत्रकारलाई सदस्यता प्रदान गर्न र गैरपत्रकारको सदस्यता खारेज गर्न हाम्रो सङ्घठन माग गर्दछ । त्यसका साथै बैठकले कैयौँ जिल्लामा महासङ्घको सदस्यता स्थानान्तरण कार्य सम्पन्न नभएकोमा महासङ्घको ध्यानाकर्षण गराउन चाहान्छ । सदस्यता स्थानान्तरणको विषयलाई तत्कालै सम्बोधन गर्न माग गर्दछ ।

३. बैठकले महासंघकोे चुनावमा वामपन्थी र प्रजातान्त्रिक दुवै प्रकृतिका पत्रकार संगठनहरुसित तालमेल गर्न सकिने निर्णय गरेको छ । तर राजावादी वा जातिवादी पत्रकार संगठनसति भने हाम्रो संगठनले महासंघको चुनावमा तालमेल गर्ने छैन । यस सन्दर्भमा महासंघलाई सम्पूर्ण श्रमजीवी पत्रकारको अपनत्व हुने गरी साझा संगठन बनाउन पत्रकार संगठनहरूसित सहमति र सहकार्यका लागि हाम्रो संगठनले सधैँ तत्पर रहेको पनि जानकारी गराउँछौँ ।

४. महासंघ चुनावको सन्दर्भमा अन्य पत्रकार संगठनसित वार्ता, सहमति, सहकार्य र समन्वय प्रक्रियामा प्रवेश गर्न बैठकले केन्द्रीय स्तरको समिति बनाएको छ । वार्ता समितिमा अध्यक्ष श्यामलाल पोखरेल, उपाध्यक्ष विनोद पौडेल, महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्यहरू रमेश पौडेल र रोशन दानी रहनुभएको छ । आवश्यकताअनुसार प्रदेश र जिल्ला स्तरमा पनि वार्ता समिति बनाउने निर्णय भएको छ ।”