बुद्धजयन्ती र लुम्बिनी दिवस मनाउने तयारी

बजेट सुनिश्ति नहुँदा बुद्धजयन्तीको तयारीमा ढिलाइ

बुटवल, जेठ ८ गते । लुम्बिनी विकास कोषले २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिने विविध कार्यक्रमका साथ मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि तीन लगातार विविध कार्यक्रम गरी मनाउने जानकारी गराएकोहो ।

बजेटको सुनिश्तिता नहुँदा बुद्धजयन्तीको तयारीमा ढिलाई भएपनि अब तीन दिन भव्यताका साथ मनाउने गरी कार्यत्रम तय गरिएको कोषले जनाएको छ । यही १० गते बिहीबार प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ बिशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए । आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै उनले भने – पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहयोग गर्नुपर्छ, लुीम्बनी सबैको हो ।

उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए । मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारी, कुुटनितिक नियोग, विदेशी पाहुनाहरुको सहभागिता रहनेछ ।

पत्रराकार सम्मेलनमा प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एंव कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी सहित रामग्राम, कपिलबस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए । बुधबार ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ । मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुनेछ ।

लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ । कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरिउको छ ।