लुम्बिनी गुरुयोजनाको बजेट कटौती भएको गुनासो

बुटवल, जेठ ८ गते । लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी प्रेस क्लबले मंगलबार लुमिबनीमा लुम्बिनी क्षेत्रको पर्यटक प्रवद्र्धनमा मिडियाको भूमिका बिषय अन्तरक्रिया गरेको छ ।
उक्त अन्तरक्रियामा बोल्दै कोषका उपाध्यक्ष डा. लामा, कोषाध्यक्ष भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राई लगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आफुहरु पत्रकारहरुसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमा अध्यक्ष नरेश केसी, कोषका प्रेस कसल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर पोखरेलले बोल्दै मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्यहरु राजेश शाक्य, श्याम रोक्का, सूचना अधिकारी राजन बस्नेत, नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलबस्तु र नवलपरासीका अध्यक्ष तथा प्रतिनिधि एंव तीनै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले सरकारले लसम्बिनीको विकास कटौती गरेकाले लुम्बिनीको गुरुयोजना प्रभावित भएको बताएका छन् ।
सरकारले बजेट कटौती गरेपछि अहिले निर्माण व्यवसायीलाई काम गरेको पैसा भुक्तानी दिनपनि समस्या परेको सदस्यसचिव शाक्यले बताए ।